झापा क्षेत्रनम्बर १ को क्षेत्रीय सभापतिमा बुढाथोकी

2021-11-23 मा प्रकाशित

धुलाबारी, ७ मंसिर । नेपाली काँग्रेसको झापा क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी बिजयी हुनु भएको छ । सोमबार भएको मतदानबाट क्षेत्रीय सभापति पदका अर्का उम्मेद्वार गोपाल तामाङ्गलाईलाई फराकिलो मतान्तरले पराजित गर्दै बुढाथोकी क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो ।

मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले ४२१ मत प्राप्त गर्दा तामाङ्गले १७५ मत मात्र प्राप्त गर्नु भएको थियो ।

यस अघि मेचीनगर सभापति रहनु भएका बुढाथोकीले बर्तमान नेपाल तरुण दल झापाका सभापति समेत रहनु भएका तामाङ्गलाई पराजित गर्दै क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो ।

पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउन हल धुलाबारीमा सोमबार नै भएको मतगणनाको परिणाम अनुसार क्षेत्रीय सचिबमा सुरेन्द्र बुढाथोकी र गुणराज भट्टराई ९राजन० निर्वाचित हुनु भएको छ । दुई सचिब पदका लागि ५ जना उम्मेद्वार मध्ये बुढाथोकीले २६३ र भट्टराईले २५८ मत प्राप्त गरी बिजयी हुनु भएको मतदान अधिकृत खगेन्द्र खरेलले जानकारी दिनु भयो । सचिब पदका अन्य उम्मेद्वारहरु हस्त आङदेम्बेले २१७। अजय कुमार घिमिरेले २१५ र खगेन्द्र बिष्टले १२६ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी सहसचिवमा खगेन्द्र गिरी र दिपक काफ्ले बिजयी हुनु भएको छ । गिरीले २४४ र काफ्लेले २२६ मत प्राप्त गर्नु भएको थियो । सहसचिव पदका अन्य उम्मेद्वारहरु उत्तम कुमार राजबंशीले २००, राजु आचार्यले १९३, कृष्ण सुवेदीले १२३ र पार्वती मल्लले ८३ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै क्षेत्रीय सदस्यहरुमा गोपाल बस्नेत, भास्कर काफ्ले, शेरबहादुर बस्नेत ९सुन्दर०, डिकेन्द्र कुमार थापा, बिदुर कार्की, मञ्जु बस्नेत, पिङ्गला गिरी, अमिरकुमार भण्डारी, चन्द्रप्रसाद कोइराला, धनप्रसाद केरुङ्ग, चुडामण्ी शर्मा भण्डारी र बिष्णु प्रसाद आचार्य बिजयी हुनु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु