बौद्घमोड इङ्लिस बोर्डिङ स्कूलको भवन शिलान्यास

2021-11-25 मा प्रकाशित

बौद्दमोड ।मेचीनगर २ स्थित बौद्दमोड इङ्लिस बोर्डिङ स्कूल अव आफ्नै निजी भवनमा सञ्चालन हुँने भएको छ । विद्यालयले ५ कड्ढा जग्गा खरीद गरेर निजी भवन निर्माण सुरु गरेको छ । विद्यालय भवनको बिहीवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । भवनको शिलान्यास समाजसेवी तथा मेचीनगर –२ को हेल्थ पोष्टलाई जग्गा प्रदान गर्ने जग्गा दाता तपन निरौलाले  गरेका हुँन् ।
हाल कक्ष –६ सम्म सञ्चालन हुँदै आएको विद्यालयलाई क्रमश कक्षा बृद्घि गर्दै उच्च शिक्षा सम्मको पठन –पाठन सोही विद्यालयबाट गराउँने दीर्घकालिन लक्षको साथ विद्यालयले आफ्नै भवन निर्माण सुरु गरेको विद्यालयकी प्रिन्सिपल टिकाराई भवनाले बताईन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु