माओबादीको मेचीनगर अध्यक्षमा चिमरिया

2021-11-27 मा प्रकाशित

मेचीनगर, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेचीनगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरिया सर्वसम्मत चयन भएका छन् ।
मेचीनगरको इटाभट्टास्थित किराँत भवनमा भएको अधिवेशनबाट चिमयिा अध्यक्षमा सर्वसम्मत चयन भएका हुँन् ।
मेचीनगर–१२ निवासी चिमरिया राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनी यसअघि आयोजक सम्मेलन समिति मेचीनगरका सदस्य थिए ।

उपाध्यक्षमा उत्तम सिठुङ, लिला सुब्बा राजवंशी र बद्रीनाथ फुँयल, सचिवमा ज्ञानेन्द्र घिमिरे, सहसचिवमा कृष्ण कौशल सिटौला र कोषाध्यक्षमा दिनेश ओली चयन भएका छन् ।

६५ सदस्यीय नगर कमिटीको सदस्यमा श्याम लामा, पदमबहादुर श्रेष्ठ, जुना निरौला, कृष्ण ढुंगाना, गोमा सिन्चुरी, पदम पुरी, दिपक भण्डारी, तारा बराल, थीरप्रसाद गौतम, टेकबहादुर कडरिया, अम्बिका बस्नेत, निर्मल खपांगी छन् ।

यस्तै, नगर सदस्यमा हरि कट्टेल, सावन मेचे, हर्कमाया बस्नेत, पवित्रा तिवारी, पुष्पासिंह ज्वाला, सन्तोष प्रसाईं, हरि दाहाल, मनिता राई, धर्मलाल राजवंशी, भोलानाथ तिम्सिना, रिता रिजाल, बद्रीप्रसाद भट्टराई, मोहन रसाइली, लक्ष्मी गौतम, तिर्थ आचार्य, भक्तप्रसाद आचार्य छन् ।

यस्तै नगर कमिटी सदस्यमा नविन पौडेल, लक्ष्मी श्रेष्ठ, सांगे शेर्पा, मीरा सिवाकोटी, होमप्रकाश आचार्य, अविनाश धिताल, लिलाराज शाही, कुमार भट्टराई, विनोद मण्डल, विश्वराज पोखरेल, सन्त तामाङ, जोगेन राजवंशी, हरिमाया सापकोटा, भक्तराज लिम्बू, राजु निरौला, अभिजित दवाडी, कुन्दन लम्साल, सुनिलाल राजवंशी, सुशिल राजवंशी, प्रशान्त लिम्बू, इन्दिरा पोखरेल, पोक्ची मेचे र दिलीप थापा छन् । बाँकी ८ जना नगर कमिटी सदस्य थप गरिने माओवादी केन्द्र मेचीनगरले जानकारी दिएको छ ।

नगर संयोजक पुष्प गुरागाईंको अध्यक्षता तथा माओवादी केन्द्र प्रदेश नं। १ का इन्चार्ज एवम् संघीय सांसद सांसद राम कार्की ‘पार्थ’ को प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा उनले सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बजेटको १०÷१० प्रतिशत लगानी गरे देशले केही समयमै विकासले फड्को मार्ने बताएका छ ।

विश्वमा खाद्यान्नको अभाव सिर्जना भएको उल्लेख गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका कार्कीले कृषि क्षेत्रलाई उत्पादनमुखी बनाए मात्र खाद्यान्नको जोहो हुने र कृषकलाई राहत पुग्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले एमाले, काँग्रेस पार्टी परित्याग गरेर माओवादी प्रवेश गरेका ३५० बढी कार्यकर्तालाई सम्मान गरेका थिए । सोही अवसरमा शहिद परिवारलाई पनि सम्मान गरिएको थियो । नगर सदस्य गणेश मैनालीले विपन्न १२ परिवारलाई स्वास्थ्य बिमा गराउन सहयोग रकम प्रदान गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा झापा क्षेत्र नं। १ का इन्चार्ज श्यामवीर लिम्बू, प्रदेश सदस्य प्रकाश भण्डारी, पार्टीका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशी, जिल्ला सदस्य इन्दिरा कार्की, नेता माधव अर्याल, मेचीनगर वडा नं। १२ का वडाध्यक्ष नरेन्द्र धिमाल, जिल्ला सदस्य पनिता ढकाल, नरेन्द्र मेचे, वाइसीयल मेचीनगर अध्यक्ष विनोद मण्डल, अनेरास्ववियू क्रान्तिकारी मेचीनगर अध्यक्ष अभिजित दवाडी, अखिल नेपाल यातायात मजदुर संगठन झापा अध्यक्ष हरि निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्मीता बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजु दाहाल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु