नेपाल खेलकुद महासंघको प्रदेश भेला मंसिर २०मा , पूर्व प्रधानमन्त्री नेपालले सम्बोधन गर्ने

2021-11-30 मा प्रकाशित

दमक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल दमकमा आउने कार्यक्रम तय भएको छ । नयाँ पार्टीका रुपमा नेकपा एस गठन गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा अध्यक्ष नेपाल पहिलो पटक आउन लागेका हुन । २० मंसिरमा हुने नेकपा एस सम्बद्ध नेपाल खेलकुद महासंघको १ नम्बर प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न नेपाल दमक आउने निश्चित भएसंगै सो पार्टीका नेता, कार्यकर्ताहरु कार्यक्रमको व्यवस्थापमा जुटेका छन ।

खेलकुद महासंघका केन्द्रीय नेता तथा प्रदेश १ का अध्यक्ष तथा झापा जिल्ला खेलकुद संघका पुर्वअध्यक्ष शंखर थापाका अनुसार प्रदेश १ का १४ जिल्लाका खेलाडीहरुको बृहत भेलाले प्रदेश स्तरीय कमिटी गठन गरिने छ । ५१ सदस्यीय कमिटीमा १ अध्यक्ष, तीन उपाध्यक्ष, १ सचिव, २ सहसचिव र कोषाध्यक्ष सहित सदस्यहरु रहने छन् । थापाले भेलामा नवगठित कमिटी र सहभागि खेलाडीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष, तथा पूर्वप्रधानमन्त्री नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राई, राष्ट्रिय खेलकुद परिषद ९राखेप० सदस्य सचिव केशब कुमार बिष्ट लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

सो कार्यक्रमको व्यवस्थापनका निम्ति नेकपा एकीकृत समाजवादी दमक नगर कमिटीले जिम्मेवारी पाएको र नेपाल खेलकुद महासंघ जिल्ला कमिटी झापा, अखिल फोर्स दमक नगर कमिटी, युवा संघ दमक नगर कमिटीले स्वयसेवक तथा प्रचार प्रसारको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तैं, भेलामा विभिन्न खेलका खेलाडीहरुले आ–आफ्नो खेलको प्रर्दशन गरिने कार्यक्रम रहेको छ ।

भेलामा खेल प्रर्दशन सम्बन्धी खेल क्षेत्रका प्रशिक्षक र अगुवावहरुसँग परामर्श गरिने समेत छलफल भएको एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिए । पार्टीको दमक सम्पर्क कार्यालयमा आज आयोजित अन्तक्रियात्मक बैठकमा केन्द्रीय सदस्य तथा झापा जिल्ला कमिटी इन्चार्ज इन्द्रबहादुर बुडाथोकीले मंसिर २० गते आयोजित प्रदेश स्तरीय भेलालाई भब्य ढंङ्गमा सम्पन्न गर्न एकजुट हुन निर्देशन दिए । त्यस्तैं, बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज पुष्प पोख्रेल, केन्द्रीय सदस्य तथा जिल्ला कमिटी सचिव निलमणी बराल, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी र नेपाल खेलकुद महासंघ प्रदेश १ का अध्यक्ष शंखर थापाले आ–आफ्नो विचारहरु राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु