पूर्वीद्वारको ४ वटा सेवा कार्यालय एकसाथ उद्घाटन

2021-12-01 मा प्रकाशित

मेचीनगर, १५ मंसिर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको आज चार वटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ ।धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चार वटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी, मेचीनगर–६ को काँकरभिट्टा, मेचीनगर–८ को ईटाभट्टा र मेचीनगर–९ को खुट्टीडाँगीका सेवा कार्यालयहरुको आज एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो ।

चार वटै सेवा कार्यालयहरुको प्रत्यक वडाका वडाध्यक्षहरुले विधिवतरुपमा उद्घाटन गरेका थिए ।वडा नम्बर २ को तिलक न्यौपाने, ६ को ललितबहादुर तामाङ, ८ को विकेन्द्र धिमाल र ९ को गोपाल खड्काले एउटै समयमा सेवा कार्यालयको उद्घाटन गरेका हुन् ।

भृकुटी सेवा कार्यालयको सभापतित्व पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विपी भट्टराई, प्रमुख अतिथी वडाध्यक्ष न्यौपाने, स्वागत उपसमितिका संयोजक वेनुप राई र सञ्चालन संस्थाका व्यवस्थापक प्रल्हाद खड्काले गरेका थिए ।

त्यस्तै काँकरभिट्टा सेवा कार्यालयको सभापतित्व पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका सचिव जितबहादुर खड्का, प्रमुख अतिथी वडाध्यक्ष तामाङ, स्वागत उपसमितिका संयोजक अर्जुन कार्की र सञ्चालन संस्थाका पूर्व उपाध्यक्ष निरोज कट्टेलले गरेका थिए ।

कार्यक्रममा सेवा कार्यालय काँकरभिट्टा प्रमुख मिनादेवी गर्तौलाले प्रमुख अतिथी तामाङलाई मायाको चिनोको रुपमा भागवत गीताको पुस्तक प्रदान गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका लेखा समिति सदस्य कुलप्रसाद कट्टेल, उपसमितिका सदस्यहरु रमा दाहाल, कुमार कार्की, समाजसेवी भवानी केरुङ लगायत कर्मचारी एवम् शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै ईटाभट्टा सेवा कार्यालयको सभापतित्व पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष चेतराज ९चेतन० विष्ट, प्रमुख अतिथी वडाध्यक्ष धिमाल, कार्यपालिका सदस्य एवम् सञ्चालक समिति सदस्य कुश्मी चौधरी, स्वागत संस्थाका सञ्चालक समितिका सदस्य जोगेन राजवंशी र सञ्चालन संस्थाका कर्मचारी आनन्द शिवाकोटीले गरेका थिए ।

यसैगरी खुट्टीडाँगी सेवा कार्यालयको सभापतित्व पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मणिराम खतिवडा, प्रमुख अतिथी वडाध्यक्ष खड्का, संस्थाका सञ्चालक समिति सदस्य रमेशप्रसाद बराल, स्वागत सञ्चालक समितिका सदस्य खड्गबहादुर राउत र सञ्चालन संस्थाका लेखा समिति सदस्य उदय बराइलीले गरेका थिए ।

२०६३ सालमा स्थापना भएको यस संस्थाको शेयर सदस्य चार हजार ३ सय जना छन् । २ करोड १२ लाख शेयर पुँजी रहेको संस्थाको निक्षेप ११ करोड ९० लाख, ऋण लगानी १२ करोड र वासलात १८ करोड रहेको संस्थाका अध्यक्ष भट्टराईले बताए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु