देही आर्ट ग्यालेरीको आयोजनामा ३ दिने चित्रकला प्रदर्शनी सुरु

2021-12-02 मा प्रकाशित

इलाम,१६ मंसिर ÷मेचीनगर –स्थित काँकरभिट्टामा रहेको देही आर्ट ग्यालेरीको आयोजनामा इलामको कन्याममा आजबाट मंसिर १८ गते सम्म तीन दिवशीय कला प्रदर्शनी तथा द इम्प्रेसन्स ७महापरिनिर्वाण सुरु भएको छ ।
भगवान गौतम बुद्घको दर्शनलाई आत्मसाथ गर्दै आम नेपाली समुदायलाई गौतम बुद्घको दर्शनको बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा भगवान गौतम बुद्घको दर्शनमा आधारित कला प्रदर्शनी सुरु गरिएको हो ।

स्थानीय श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रममको उदघाटन् प्रदेश सांसद बुद्घिमान कागते तथा भारतका पर्यटन प्रबर्धनका अभियन्ता राज वसुले संयुक्त रुपमा ब्यानर खोलेर गरेका थिए । कार्यक्रको उदघाटन् पछि बोल्दै प्रमुख अतिथि कागतेले पर्यटन प्रवर्धनमा साहित्य , कलाक्षेत्रबाट ठूलो सहयोग पुग्ने बताए । भगवान गौतम बुद्घको ज्ञानलाई चित्रकलाको माध्यमबाट समाजमा प्रस्तुत गर्दै समाज रुपान्तरणमा देही आर्टको भूमिका सकारात्मक भएको र यसले पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने बताए । सो अवसरमा विशेष अतिथि राजबसुले भगवान गौतम बुद्घ सिदार्थबाट कसरी गौतम बुद्घ बने र उनी आज संसरमा किन महापरिनिर्माण को रुपमा ज्योति छरिरहेका छन् । भन्ने विषयमा जानकारी गराएका थिए । उनले बुद्घको सोच र ज्ञानलाई हरेक ब्याक्तिले अपनाउने हो भने जीवनमा दुःख नहुने बताए ।

सो अवसरमा कलाकार छितेन शेर्पाले ‘भन्ते र भिक्खा’ शिर्षकमा पर्फमेन्स आर्ट गरेका थिए । उनले कपाल खौरेर भिक्षुको भेषधारण गरी ३ बजेसम्म भिक्षा मागेका थिए । सो अवसरमा स्थानीय तथा विद्यालयका विद्यार्थीहरुले चित्तकला प्रदर्शनिमा अवलोकन गरेका थिए ।
प्रदर्शनीमा भगवान बुद्घको २० बाई ६ फुटको क्यानभाष तथा बिभिन्न २० वटा अन्य चित्रहरुराखिएको छ । कार्यक्रममा प्रदेश नम्बर –१ का १५ जना कलाकारहरुले कार्यशाला गरी जलरंग चित्र बनाएका छन् । उद्घाटन सत्रको साँझ ‘संग्स अफ फिलोसफी ’नामक अनप्लग्ड सांगीतिक कार्यक्रम हुने भएको छ ।

त्यसैगरी दोस्रो दिन भोलि स्थानीय विद्यालयका विद्यार्थीहरुलाई चित्तकला सम्बन्धी कार्यशाला तथा अन्तृक्रिया कार्यक्रम रहेको छ । भने तेस्रो दिन पर्सि बिभिन्न कार्यशाला सहित कार्यक्रम सम्पन्न हुँने भएको छ । कार्यक्रममा ५ हजार बढी दर्शकहरुले अवलोकन गर्नै आयोजकले जनाएको छ । प्रदर्शनीमा रखिएको उक्त क्यानभाषको चित्र देही आर्टका कलाकारहरु छितेन शेर्पा, तुलसी श्रेष्ठ, विष्णु लिम्बू , विनोद राजवंशी, सविन सुनुवार, रोषन सुब्बा, रिता राई , मौलिक लिम्बू, सुशील राई , अभिषेक प्रधान लगायतले निर्माण गरेको बताइएको छ । कार्यक्रमको सञ्चालन विनोद राजवंशीले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु