कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी

2021-12-06 मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् ।

सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे।

उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी भएका छन् । संस्थापन इतरका गोबिन्द प्रसाद ढुंगानाले ७६५ र विश्वनाथ रिजालले ६६९ मत प्राप्त गरे । महामन्त्रीमा संस्थापनका भुपेन्द्र राईले ८२४ र संस्थापन इतरका उमेश थापाले ८२३ मत ल्याएर विजयी भएका छन्।

यसैगरी दीपन कुमार श्रेष्ठले ७६४ र पदम सुन्दर पालुङ्गवा ८०७ मत ल्याए । सह महामन्त्री महिलामा संस्थापनकै प्रमिला गछदार ८३७ मत ल्याएर विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी सीता कार्कीले ७३३ मत प्राप्त गरेको छ।

सह(महामन्त्रीमा संस्थापनका खड्ग फागो १०२६ र बिनोद कुमार बस्नेत ७४७ मत ल्याएर विजयी भएका छन्। संस्थापन इतरका रोहित कुमार शाह ६६५, विरकाजी राई ६४७ र शुभचन्द्र राई ८४ मत पाए । निर्वाचनमा देउवा(सिटौला समूह र पौडेल(कोइरालाको समूह उठेको थियो।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु