भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा सम्पन्न

2021-12-11 मा प्रकाशित

 

 

मेचीनगर, २५ मंसिर । भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।

मेची उद्योग बाणिज्य संघ धुलाबारीको सभाहलमा शनिवार सम्पन्न साधारणसभामा सहकारीले  ज्येष्ठ नागरिक, बालबचत कर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि गरी १२ जनालाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट बाल बचतकर्ता अर्पण मेचे, औरोन मेचे, अनुष्का साह, ज्येष्ठ नागरिकद्वय देवीमाया न्यौपाने, टीका पौडेल, उत्कृष्ट कर्जावापत हरमन सिंह राजवंशी, रुनी खातुन, निभा मण्डल र उत्कृष्ट बचतकर्तामा कुमारी दनुवार, कल्पना धिमाल, पप्पु साहलाई रु दुई हजार एक सय नगदसहित सम्मान गरेको छ ।

सहकारीले कोभिड–१९ संक्रमणको जोखिम मोलेर कोभिडका विरामी बोकेर सेवा पुर्याए वापत मेचीनगर–१० धुलाबारी स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक जंगबहादुर खड्कालाई नगद रु तीन हजार एक सयसहित सम्मान पत्रले सम्मान गरेको छ । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सहकारी बैंकका सञ्चालक सदस्य दुर्गा सापकोटालगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सापकोटा, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, इष्ट होइराजन आमाविका निर्देशक सञ्जीव राई, सहकारीका सल्लाहकार शुशील आचार्य, मेचीनगर नगरपालिकाका पूर्वाधार तथा योजना शाखा प्रमुख कमल कोइराला, जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पशुपति नेपाल, पूर्वद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वीपी भट्टराई, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वि।सं। २०५७ सालमा २७ जना शेयर सदस्यको रु। एक लाख ३५ हजार शेयरपूँजीबाट सुरु गरिएको सहकारीमा हाल चार हजार ६२० जना शेयर सदस्य रहेका छन् भने रु १९ करोड २ लाख ६२ हजार ४०० शेयर पूँजी रहेको संस्थाका अध्यक्ष गोपाल चुँडालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले मेची आम्दा अस्पतालको स्त्तरोन्नतिका लागि  मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनालाई नगद रु। ५० हजार हस्तान्तरण गरेका छन् । सो रकम अध्यक्ष चुडालले हस्तान्तरण गरेका थिए । संस्थाकी सचिव लक्ष्मी राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शंकर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कोभिड १९ बिरुद्ध भेरोसिल खोपको पहिलो मात्रा सञ्चालन सम्वन्धि मेचीनगर नगरपालिकाको सूचना

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु