नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाको तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

2021-12-19 मा प्रकाशित

मेचीनगर,४ । किराँत समुदायले मनाउने उद्यौली पर्व आइतबार देशभर बिबिध कार्यक्रमका साथ मनाइएको छ । नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाले पर्वकै अवसरमा मेचीनगर ८ स्थित भूमे थानमा विषेश पूजा अर्चनाका साथ तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाल थामी समाज जिल्ला अध्यक्ष लालबहादुर थामीको सभापतित्व तथा संविधान सभाका सदस्य रविन कोइरालाको प्रमुख आतिथ्य रहेको कार्यक्रमा प्रमुख अतिथि कोइरालाले नेपाल बहुजातिय ,बहुुसाँस्कृतिक,  बहुधार्मिक मुलुक भएको र धार्मिक सामाजिक र राजनीतिक हिसावले सवै जातजाति समान रहेको बताएका छन् । देशमा आएको राजनीतिक परिवर्तनमा थामी समुदायले पुर्याएको योगदानको स्मरण गर्दै प्रमुख अतिथि कोइरालाले राजनीतिक परिवर्तनकै लागि जेठा थामीले आफ्नो ज्यानको बलिदान दिएको बताए । उनले थामी समुदायको आफ्नै भाषा धर्म र संस्कृति रहेकोले त्यसको संरक्षणमा नेतृत्वले रुपान्तरणकारी भूमिका निर्वाह गर्नु पर्ने बताए । नेपालको संविधान कुनै जाति र धर्मको लागि बाधक छैन, कोइराललाले भने, ‘यदि त्यो खाले समस्या देखिएमा संविधान संसोधन हुन्छ ।’
कार्यक्रमका विषेश अतिथि मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले नगरमा रहेका सम्पूर्ण जातजातिको भाषा, धर्म , र संस्कृतिको संरक्षणमा नगरपालिका हातेमालो गरेर अघि बढ्ने प्रतिवदद्घता व्यक्तगरे । नेपालमा अल्पसंख्यक समुदायको रुपमा रहेका थामी जातिको भाषा, लिपी, संरक्षणमा नगरपालिका अभिभावक बनेर उभिन्छ उनले भने, ‘तपाईहरु औपचारिक कार्यक्रममा मात्र सिमित नहुनुहोस, संस्कार र संस्कृतिको संरक्षणमा जुट्नुहोस ।’ कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कोइराला र बिशेष अतिथि आचार्यले ढ्याङग्रो बजाएर गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेती , नेपाल आदीवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओम प्रकाश खापुङ, नेपाल थामी समाजका केन्द्रिय सदस्य कृण थामी , मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र घिमाल,नेपाल मगरसंघ झापा जिल्ला सदस्य गम्भीरध्वज थापा, नेपाल थामी समाज इलामकी सचिव विष्णु थामी लगायले जातिय भाषा, संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु पर्ने बताए । कार्यक्रमा ख्यातिप्राप्त कलाकारहरुको एकल तथा सामुहिक नृत्य तथा जातिय संकृति झल्कने गीत प्रस्तु गरिएको थियो । साँस्कृतिक कार्यक्रममा सादरी भाषी अधिकार मञ्चका जिल्ला सचिव दशरथ खडिया, धिमाल जाति विकास केन्द्र मेचीनगर अध्यक्ष चित्र धिमाल, मेचीनगर ८ वडासदस्य सन्तोष मेचे, मेलमिलाप समिति मेचीनगर ८ का संयोजक केदार थिरी, सदस्य कुन्दन निरौला नेकपा एमाले मेचीनगर ८ का वडाध्यक्ष विष्णु भट्टराई नेपाली काँग्रेसका वडाध्यक्ष  गिरीराज धमला, समाजसेवी मिलन विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभाले समितिको अध्यक्षमा सञ्जय थामीलाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बुद्धि बहादुर थामी, सचिवमा ललित थामी, सह–सचिवमा आकाश थामी र कोषध्याक्ष सलिना थामी चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरुमा सुभाष थामी, जसबहादुर थामी, अशोक थामी र मदन थामीलगायत १५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ।  सारीका थामीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव संञ्जय थामीले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु