संगठन द्वारा मृगौला पीडित सुवेदीलाई रु ४० हजार बढी आर्थिक सहयोग , केन्द्रिय महासचिव भट्टराई र केन्द्रिय सदस्य भण्डारी सम्मानित

2021-12-29 मा प्रकाशित

डम्बर बराल
काँकरभिट्टा,१४ पुस । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरले बिहीवार दुबै मृगौला खराब भई उपचार गराइरहेका मेचीनग – ६ निवासी मानबहादुर सुवेदीलाई रु ४० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

लामो समय देखि मृगौलामा समस्या भएर डाइलोसिस गराइरहेका सुवेदीको मृगौला प्रत्यारोपणको लागि सहयोग पुर्याउने उदेद्दयले संगठनका सदस्य तथा कोषको केही रकम संकल गरेर उक्त रकम प्रदान गरिएको संगठनका मेचीनगर अध्यक्ष खडानन्द भण्डारीले बताए । त्यसैगरी संगठनले हालै मृत्युवरण गरेका यातायात मजदुर पारस राईको परिवारलाई समेत राहत उपलव्ध गराउने भएको छ । संगठनले पारसराईको परिवारलाई १७ हजार २५० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष भण्डारीले बताए । लामो समय देखि मजदुर क्षेत्रमा कार्यरत राईको हालै पोखरामा निधन भएको थियो । उक्त रकम केही दिनमा परिवारलाई हस्तान्तरण गरिने संगठनले जनाएको छ । कार्यक्रमकै अवसरमा संगठनले दुई व्याक्तित्वहरुलाई सम्मान समेत गरेको छ । संगठनले हालै बुटवलमा सम्पन्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत निर्वाचित केन्द्रिय महासचिव देवि प्रसाद भट्टराई र केन्द्रिय सदस्यमा निर्वाचित संगठनका मेचीनगर अध्यक्ष खडानन्द भण्डारीलाई सम्मान गरेको छ ।

दुबैजनालाई प्रदेश कमिटी सदस्य तथा मेचीनगर कमिटी इन्चार्ज किरण कुमार तामाङले खादा टीका र टोपी पहिर्याएर सम्मान गरेका थिए । राहत वितराण तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि भट्टराईले विगत दुईवर्षदेखि थलिएको याताया क्षेत्र र यातायात मजदुका समस्या समाधानका लागि संगठन लागि पर्ने बताएका छन् ।
सरकारले ल्याएको नयाँ नीतिका कारण केही वर्ष यता यातायात मजदुर विस्तापित बन्दै गएको र कोरोनाका कारण दुई वर्ष यता थप संकटको सामना गर्नु परेको बताउँदै उनले भने,‘कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि यातायात क्षेत्र तहसनहस भयो, सो अवधिमा यातायात क्षेत्रमा कार्यरत २ लाख मजदुर बेरोजगार भएका छन् हामी उनीहरुलाई पनःस्थापना गर्ने अभियानमा छौँ ।’ यातायात क्षेत्रमा देखिएका धेरैखाले समस्या समाधानमा संगठन सक्रि भएर लाग्ने उनको भनाई छ । यातायात क्षेत्रमा देखिएका समस्या हलगर्न पाँच बुँदे घोषण पत्र समेत पारित भएकाले बिचलित नभइकन इमान्दारी पूर्वक काममा लाग्न उनले सबै सँग आग्रह गरेका थिए ।
सो अवसरमा सम्मानित व्यत्तित्व मेचीनगर अध्यक्ष भण्डारीले मजदुरको हकहितर सुरक्षाको लागि आफू निरन्तर लागिरहने प्रतिवद्घता व्यक्त गरे । उनले भन्सार परिसरमा काम गर्ने ढुवानी मजदुर हरुलाई इन्टर मोडल र भन्सार कार्यालयबाट जारी गरिएको परिचय पत्र आफ्नै कार्यकालमा दिलाउन सफल भएको र जसको कारण ढुवानी मजदुरहरुले सम्मानका साथ काम गर्ने वाताबरण मिलेको बताए ।
कार्यक्रममा नेपाल ट्रेडयुनियनका मेचीनगर अध्यक्ष एकराज तिम्सिनाले मजदुरका समस्या समाधानमा जुट्नु पर्ने बताए । उपाध्यक्ष मोहन रिजालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दुर्गा खड्काले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु