नेपाल बैँक कर्मचारी संघको अध्यक्षमा ढुंगाना

2021-12-31 मा प्रकाशित

मेचीनगर । नेपाल बैँक कर्मचारी संघ झापाको अध्यक्षमा भानुभक्त ढुंगाना सर्वसम्मत चयन भएका छन् । धुलाबारी स्थित होटल रोयल निर्मानमा आयोजित नेपाल बैँक लिमिटेड आवद्व कर्मचारी युनियन झापाको २४ औँ भेलाले नेपाल बैँक कर्मचारी संघको अध्यक्षमा ढुंगानालाई सर्वसम्मत चयन गरेको हो ।

३ वर्षे कार्यकाल रहेको संघको उपाध्यक्षमा गोपाल खड्का, सचिवमा वुद्विराज पाठक, सहसचिवमा उमा खतिवडा र कोषाध्यक्षमा लोकनाथ कट्टेल चयन भएका हुन् ।समितिको सदस्यहरुमा उत्सव उप्रेती, दयाराम खड्का, सन्तोष भट्टराई, विनीता संग्रौला, आशिष खतिवडा र प्रेमकुमारी सुवेदी छन् ।

संघमा झापाका ९ वटा नेपाल बैँकका शाखाहरु आवद्व छन् । जसमा काँकरभिट्टा, धुलाबारी, बुधबारे, बिर्तामोड, सुरुङ्गा, भद्रपुर, दमक, गौरादह र गौरीगञ्ज शाखा छन् ।नेपाल बैँक कर्मचारी संघका केन्द्रीय सदस्य वेदप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता र रविन्द्र पाठकको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु