नेकपा एमाले झापा अधिवेशन, अध्यक्षमा कार्की

2022-01-08 मा प्रकाशित

बिर्तामोड, २४ पुस । नेकपा एमाले झापाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा दिपक कार्कीसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका छन् ।
शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्ता गराएका दिपक कार्कीसहितका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका हुन् । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्तागराएका थिए ।

अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुंगेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेद्वारी  दर्ता गराएका थिए । ।

उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेद्वारी दर्ता गराए पनि फिर्ता लिएका लिए । उपसचिवमा रेनुका डाँगीको चर्चा भए पनि उनी मापदण्डमा नपरेका कारण उम्मेद्वार बनिन् ।

यस्तै, पत्रकारका तर्फबाट मोहन काजी न्यौपाने सर्वसम्मत भएका छन् । पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको थियो । भूमिहीन संगठनबाट टिकाराम मंग्राती एक जनाले मात्रै उम्मेद्वारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु