गुराँसले दियो मृत्युवादी भुक्तानीको ४लाख ९३ हजार

2022-01-10 मा प्रकाशित

मोरङ । गुराँसलाईफ इन्स्योरेन्स कम्पनीले कोरोनाका संक्रमणका कारण केही महिना अघि मृत्यु भएका मोरङ केराबारीका राजुदेवानको परिवारलाई मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ ।
देवानले गुराँसलाईफ इन्स्योरेन्स कम्पनीमा चारलाखको जीवन बीमा गराएका थिए । कम्पनीले धरान शाखामा एक कार्यक्रम आयोजना गरेर मृतकको हकवाला गंगामाया लिम्बूलाई ४ लाख ९३ हजार ९५८ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त रकम कार्यक्रमका प्रमुख अतिथि कम्पनीका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले प्रदान गरेका थिए ।
चेक हस्तान्तरण पछि बोल्दै प्रमुख अतिथि श्रेष्ठले जीवन बीमाको महत्व र गुराँस लाईफ इन्स्योरेन्सको बारेमा प्रकाश पारेका थिए । उनले कम्पनीले थप सुविधा सहितका बिभिन्न कार्यक्रम ल्याएकोले जीबन बीमाको महत्व बुझाएर बीमागराउन सहभागि एजेन्सी म्यानेजर तथा ःच्त्म्। हरुलाई अनुरोध समेत गरे । धरान शाखा प्रमुख लतिका श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा ःएम.डि.आर.टी हरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा एम.डि.आर.टी प्रमोद श्रेष्ठ, सुमन कुमार श्रेष्ठ ,दुर्गा पाठक, गजेन्द्र योङहाङ लगायतलाई सम्मान गरिएको काँकरभिट्टा शाखा प्रमुख याम बुढाथोकीले जानकारी दिए । दिपा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन कल्पना गुरुङले गरेकी थिइन्

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु