पत्रकार घिमिरेसहित दश स्रष्टा सम्मानित

2022-01-10 मा प्रकाशित

भद्रपुर, २६ पुस । पत्रकार  रेवतिराज घिमिरेसहितदश जना स्रष्टालाई लेखनाथ पुस्तकालय चन्द्रगढीले सम्मान गरेको छ ।घिमिरे लोकतन्त्र पोस्ट राष्ट्रिय दैनिकका समाचारदाता हुन् ।

कवि शिरोमणि लेखनाथ पौडेलको १ सय ३८ औं जन्म जयन्तीको सन्दर्भ पारेर आज पुस्तकालयले पत्रकार घिमिरेसहित विभिन्न बिधाका उत्कृष्ट १० जना साहित्य स्रष्टालाई सम्मान गरेको हो ।भद्रपुर वडा नं. १० चन्द्रगढी निवासी पत्रकार घिमिरेलाई पत्रकारिताको माध्यमबाट उत्कृष्ट योगदान पुर्याएवापत सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राडा बद्रीविशाल पोखरेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनलाई कदरपत्र समेत प्रदान गरिएको छ ।

श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान पुरस्कारबाट भारतको सिलिगुडी निवासी साहित्यकार सुकराज दियालीलाई नगद रु. ५१ हजार १ सय ११ सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यसैगरी श्यामकृष्ण कामक्षा श्रेष्ठ साहित्य सम्मान तथा पुरस्कारबाट बनियानी निवासी साहित्कार डिल्लीराज नेपाल र भक्तकिरण साहित्य सम्मान पुरस्कारबाट भद्रपुर निवासी भानुभक्त कुभिण्डेलीलाई नगद पुरस्कारसहित दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरिएको थियो ।चुडामणि रेग्मी झर्रो शैली सम्मान पुरस्कारबाट विराटनगर निवासी मधु पोखरेल, झापा जिल्ला स्तरीय छन्दोबद्ध कवि सम्मानबाट विर्तामोड निवासी ईन्द्रप्रसाद कट्वाललाई सम्मान गरिएको थियो ।

श्यामकृष्ण कामक्षा श्रेष्ठ छात्रा पुरस्कार आइसा श्रेष्ठ र स्वीकृति पौडेललाई सम्मान गरिएको छ ।शकुन्तला÷गणेशप्रसाद भट्टराई छात्रा पुरस्कारबाट कशिस श्रेष्ठ र श्रष्टा सम्मान भद्रपुर ७ र १० निवासी साहित्यकारहरु जनार्दन उप्र्रेती र खगेश्वर कोइरालालाई प्रदान गरिएको थियो ।

सो अवसरमा कोभिड १९ ले पारेको प्रभाव नामक निबन्ध प्रतियोगितामा प्रथम, द्वितीया र तृतीया हुने छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।सोहि कार्यक्रमका वीच भर्खरै मात्र निर्वाचित पुस्तकालयका नयाँ कार्य समिति पदाधिकारीलाई पद हस्तान्तरण गरिएको थियो ।कार्यक्रम अघि चन्द्रगढीको लेखनाथ चोकमा रहेको कविशिरोमणिको शालिकमा माल्यार्पण गरिएको थियो ।

निवर्तमान अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि कञ्चनजंगा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, बरिष्ठ साहित्यकार चुडामणि रेग्मी लगायतले मन्तव्य राखेका थिए । सहसचिव हरि न्यौपानेले संचालन गरेको कार्यक्रमको स्वागत आरती पोखरेलले गरेकी थिइन् ।उनी हुँन्

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु