राष्ट्रिय एकता दिवसमा विविध कार्यक्रम

2022-01-11 मा प्रकाशित

मेचीनगर । पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार मेचीनगरमा पनि विविध कार्यक्रम गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले दिवसको अवसरमा काँकरभिट्टास्थित हनुमान मन्दिर छेउमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ भने देवकोटा पार्कमा समितिले पृथ्वी जयन्ती मनाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० झापाको आयोजना तथा मेचीनगर नगर समितिको संयोजनमा भएको कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वमन्त्री रामकुमार सुब्बाले पृथ्वीनारायण शाहले आम नेपालीलाई एउटै मालामा गाँसेको बताए ।राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, नेकपा एमालेका जिल्ला सदस्य डिल्ली घिमिरे, मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती लगायतले मन्तव्य राखेका थिए ।जिल्ला सचिव भवानी राजवंशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत नगर अध्यक्ष सविना बजगाईंले गरेकी थिइन् । कार्यक्रममा शंखध्वनी बजाइएको थियो भने नृत्य प्रस्तुतसमेत गरिएको थियो ।

यस्तै, देवकोटा पार्क व्यवस्थापन समितिको आयोजनमा भएको कार्यक्रममा मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, प्राज्ञ सदस्य सुभद्रा भट्टराई, मेचीनगर वडा नं। ६ का वडाध्यक्ष ललित तामाङलगायतले मन्तव्य राखेका थिए ।पार्क निर्माण समितिका अध्यक्ष बालकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा एकताका प्रतिक पृथ्वीनारायण शाहको जीवनीमा चर्चा गरिएको थियो । पार्क व्यवस्थापन समितिका सचिव फडिन्द्र घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु