कालिका सामुदायिक बनको २६ औँ साधारण सभा सम्पन्न

2022-01-13 मा प्रकाशित

डम्बर बराल

मेचीनगर,२९ पुस ।  कालिका सामुदायिक बन उपभोक्ता समूह मेचीनगर र ११ र १२ को २६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले मेचीनगरमा रहेका सामुदायिक बन तथा सिमसार क्षेत्रलाई नगरको मातहतमा ल्याउन सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । उनले भने,‘स्थानीय तहको निर्वाचन पछि शिक्षा,स्वास्थ्य र खानेपानी लगायतका कार्यक्रम स्थानीय सरकारको मातहतमा आएको छ । अव सामुदायिक बनलाई समेत स्थानीय तहको मातहतमा ल्याउने हाम्रो योजना छ । त्यसको लागि सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’
नगर प्रमुख आचार्यले नगरमा रहेका सामुदायिक बनहरुलाई बन पर्यटनको रुपमा विकास गरेर नगरको लागि आम्दानीको भरपर्दाै श्रोत बनाउन सकिने बताए । सरकारले २०५१ साल देखि बन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि पर्या पर्यटनको विकासमा उपभोक्ता समितिले उदहरणीय काम गरिरहेको उनको भनाई थियो । कालिका सामुदायिक बनले सिमसार क्षेत्रको विकास सँगै आकर्शक पर्यटकीय संरचनाहरु निर्माण गरेर नगरमा फरक पहिचान स्थापित गरेको उनले बताए । सो क्षेत्रमा चिडियाघर निर्माण गर्नु सके यसले थप सफलता पाउने उनको भनाई थियो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देशमा सक्रिय हुँनलागेको बताउँदै नगर प्रमुख आचार्यले अनावश्यक रुपमा भारत नजान र सरकारले लागुगरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्न अनुरोध समेत गरे ।


कार्यक्रममा मेचीनगर ११ का वडाध्यक्ष सन्तोष कुमार मेचे ,सामुदायिक बनका तर्फबाट मागुरमाणि सामुदायिक बन बिट नं. १ का अध्यक्ष अमर लिम्बू, नेकपा माओवादी केन्द्रका अध्यक्ष रामकुमार रिजाल, नेपाली काँग्रेस मेचीनगर १२ का सभापति बिरबहादुर तामाङ, नेकपा एमाले वडानम्बर १२ का इन्चार्ज शिवलाल प्रसाई लगायतले बोलेका थिए ।


समुदायिक बनका अध्यक्ष योगेश भट्टराईको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष भट्टराईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । दिगो वन व्यवस्थापन अन्र्तगत वि.स.२०५३ सालदेखि दिगो बन व्यवस्थापनमा रही व्यवस्थापन गर्दै २१२ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनलाई २०७३ देखि नयाँ नीति तथा कार्यक्रम अन्र्तगत १९९ हेक्टर वैज्ञानिक वन व्यवस्थापन र १३ हेक्टरमा सिमसार क्षेत्र विभाजन गरि संरक्षण गरिएको र वातावरणीय संरक्षण तथा पर्या पर्यटनमा महत्वपूर्ण काम भइरहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । समितिले हाल सम्म पर्यटकहरुलाई आकर्शित गर्न ट्रि हाउस , ओभर बृज, मेचीनगर भरना,कालिका स्तम्भ ,बाल उद्यान लगायतका संरचना निर्माण गरिसकेको छ ।वनमा १२५४ घर धुरी रहेका छन् । उपाध्यक्ष पवित्रा मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मैना राजवंशीले गरेकी थिइन् । साधारण सभाले नयाँ नेतृत्व चयन गर्न नरेन्द्र कुमार बिष्ट संयोजक रहेको ७ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । समितिको सचिवमा नरेश मोहरा,सदस्यहरुमा नरेन्द्र मेचे गच्छामे , शक्ति थेवे, कल्पना कुँवर लगायत रहेका छन् । निर्वाचन समितिले माघ २९ सम्ममा निर्वाचन गराउने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु