अन्तुको चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

2022-01-16 मा प्रकाशित

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको एक चिया कारखानामा आगलागी भएको छ । आइतबार ९आज० दिउँसोे ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

अन्तुकोे अन्तु भ्याली टी कारखानामा जारी आगलागीका कारण कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

आगोले चिया कारखानाको तीन वटा भवनसहित सम्पूर्ण मेसिन औजार, कारखानामा रहेका सबै तयारी चिया जलेर नष्ट भएको पशुपतिनगरका प्रहरी निरीक्षक इन्सपेक्टर देउप्रसाद लिम्बूले जानकारी दिए ।

अहिले सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागीबाट करोडौको क्षति भएको सञ्चालक किसन गिरीले जनाए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु