अस्ताए समाजसेवी विरबहादुर

2022-01-24 मा प्रकाशित

डम्बर बराल

सुरेन्द्रनगर,१०माघ । समाजसेवी विरबहादुर अधिकारीको आज बिहान ५ बजे १०३ वर्षको उमेरमा निधन भएको छ । मेचीनगर ५ जागरण टोल निवासी अधिकारी ले आफ्नो जीवनको सम्पूर्ण समय सामाजिक योगदानमा खर्च गर्नु भएको थियो ।अधिकारी ले जीवनभर हजारौंको जीवन बचाएर समाजले कहिल्यै भूल्न नसक्ने गुन लगाउनु भएको छ । उहाँले डाक्टरले उपचार सम्भव नहुँने भनेर फर्काएका हजारौं विरामीलाई पुर्नर जीवन दिनु भएको छ । विशेषगरी जडिबुटी माध्यमबाट जन्डिस, बाँझोपन,तथा महिलाहरुको महिनावारी गडबडी लगायतका विरामीको लागि उहाँको उपचार पद्यति भरपर्दाै थियो । म आँफैलाई पनि डाक्टरले बिदा दिएका थिए । मलाई उहाँलेनै बचाउनु भयो । मेचीनगर ५ का पर्शुराम घिमिरेले भन्नु भयो । , ‘उहाँको शरिरमा तागत रहुन्जेल दैनिक जसो औषधिलिन ५० भन्दा बढीको भिड लाग्यो भने शनिवार र मंगलबार त यो संख्या दोब्वर जस्तै हुन्थ्यो । बिहान देखि १२ जबेसम्म औषधि बनाउँदै उहाँको समय बित्थ्यो । त्यसपछि जडिबुटी खोज्न निस्कनु हुन्थ्यो । हामी सवैका अभिभावक आज हामीबाट विदा हुँनु भयो ।’
बिरबहादुरले जीवनभर एलोपेथिक औषधि खानु परेन । पछिल्लो ३ वर्ष यता उहाँलाई पित्त थैलीमा स्टोन देखिएको थियो । स्टोनकै कारण उहाँले करिव एक महिनादेखि खानपान छोडन् छोड्नु भएको छोरा अमृत अधिकारीले बताए । उनी भन्छन, ‘ यस अघि बुबा कहिल्यै विरामी पर्नु भएन स्टोन देखिएपछि आना रुच्न छोड्यो त्यसपछि कमजोर हुँनु भयो ।’
उहाँको निधनको खवर सुनेर बिभिन्न ठाउँबाट शुभचिन्तकहरु भेला भएका छन् । उहाँका ६ छोरी कृष्ण कुमारी राउत, यसोदा राउत,रामकुकारी निरौला,रेवता सुवेदी,अनुपा खड्का, र अम्बिका बस्नेत र १ छोरा अमृत अघिकारी र १३ नाती, १० नातिनी र १७ पनाति पनातिनी रहेका छन् । स्व अधिकारीको आजै ११ बजे मेची नदीमा दाहासंस्कार गरिने परिवारले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु