फाउण्डेसनले शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै, मेचीनगरमा गोर्खा भवन बनाउने ‘ड्रिम प्रोजेक्ट’

2022-01-29 मा प्रकाशित

मेचीनगर । गोर्खा मेमोरियल फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले आगामी दिनमा मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका छन् ।
पत्रकारसँगको संक्षित भेटघामा उनले सन २०२३ र २४ मा मेचीनगरका विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका हुन् ।

मेची अस्पताल भद्रपुरलाई पनि २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री दिने तयारी भएको उनले बताए ।
मेचीनगरमा गोर्खा भवन बनाउने ‘ड्रिम प्रोजेक्ट’ रहेको अध्यक्ष गुरुङले सुनाए ।‘पूर्वी नाका काँकरभिट्टा गार्खालीहरुका लागि मुख्य ट्रान्जिट पोइन्ट हो’, अध्यक्ष गुरुङले भने–‘गोर्खालीहरुको सुरुक्षा र हितका लागि पनि गोर्खा भवन बनाउन आवश्यक रहेको छ । नगरबासी र गार्खालीहरुको साथ सहयोग पाए निकट भविश्यमा बनाउने योजना रहेको छ ।’अध्यक्ष गुरुङले प्रोजेक्टरमार्फत आफ्ना सामाजिक र राजनीतिक गतिविधिबारे प्रकाश पारेका थिए ।

मेचीनगर निवासी गुरुङ बेलायतबाट केहिदिनका लागि झापा आएका हुन् । उनी मंगलबार त्यसतर्फ फर्किदैछन् । फोक्सटन सिटीका पूर्व काउन्सिलर समेत रहेका समाजसेवी गुरुङले यसअघि पनि झापा लगायत नेपालका केहि विद्यालयहरुमा कम्युटर जडान गरिदिएका थिए ।कार्यक्रममा फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष गुरुङ, गोर्खा मेमोरियल फाउण्डेशन नेपालका कार्यबाहक अध्यक्ष गंगालाल गुरुङ, हिकोला हेरिटेज होटलका सञ्चालक एवम् साहित्यकार देविभक्त श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन गोर्खा मेमोरियल फाउण्डेशन नेपालका महासचिव जगत गुरुङले गरेका थिए ।मेचीनगर नगरपालिकासँग बेलायतको फोक्सटन सिटीले केहि वर्षअघि मितेरी साइनो लगाएको थियो । नगरपालिकालाई फ्रण्डले दमकल, एम्बुलेन्स, स्वास्थ्य सामाग्री पनि सहयोग गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु