गुराँस लाइफ इन्स्योरेन्सले दियो, राई परिवारलाई ६ लाख १७ हजार

2022-02-02 मा प्रकाशित

पथरी १९ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मंगलवार मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ ।
२०७८ साल कात्तिक ४ गते धरान नगरपालिका वडानम्बर १३ मा गएको पहिरोमा परी जीवन गुमाएका दुई बालकको परिवारलाई  कम्पनीले मृत्यु दावी भुक्तानीको रमक प्रदान गरेको हो ।

घरमा राती सुतिरहेको बेला आएको पहिरोले घरको आधाभाग बगउँदा दुवै बालकको ज्यान गएको थियो भने बुबा मिसन खालिङ र आमा मुना गरुङ बाँच्न सफल भएका थिए । दुवै बालकको २०७५ सालमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा ५,५ लाखको जीवन बीमा गराइएको थियो ।

पहिरोले पुरीएर जीवन गुमाएका मिसु खालिङ राई र मियोन खालिङ राईको हकबाला आमा मुना राईलाई कम्पनीले रु ६ लाख १७ हजार ७६९ रुपैयाँ बराबरको चेत हस्तान्तरण गरेको छ ।
कम्पनीले मंगलबार पथरी शनिश्चरे नगरपालिका २ मा एक कार्यक्रम आयोजना गरेर उक्त रकम बराबरको चेक प्रदान गरेको हो । कम्पनीका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।


चेक हस्तान्तरण पछि कम्पनीका क्षेत्रीय प्रमुख श्रेष्ठले जीवन बीमाको महत्वको बारेमा प्रकास पारेका थिए । उनले अभिकर्ता तथा एजेन्सीहरुलाई जीवन बीमाको महत्व बुझाउन गाँउ शहरमा अभियान थाल्नु पर्ने बताए । कार्यक्रमको सञ्चालन उर्लाबारी शाखा प्रमुख रमा थापाले गरेकी थिइन् । सो अवसरमा दमक शाखा प्रमुख चन्द्रकला घिमिरे गौरादह शाखा प्रमुख शान्ता पौडेल लगायतको सहभागिता रहेको थियो । राई परिवारलाई तीन वर्ष अघि बीमा कम्पनीका एजेन्सी म्यानेजर बालकुमार गुरुङले जीवन बीमा गराएका थिए । गुरुङ पछिल्लो समय जीवन बीमा क्षेत्रमा सक्रिय भएर लागिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु