एसएस फुटवेयरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

2022-02-03 मा प्रकाशित

मेचीनगर । मेचीनगर ६ स्थित काँकरभिट्टाको जुत्ता उद्योग एसएस फुटवेयरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । आज विहान १.३० वजे देखि लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको हो ।

मेचीनगर–६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युतसर्ट भई लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए ।‘उद्योगभित्र रहेको जुक्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुक्ता, केमिकल लगायतका सामान पूर्णरुपमा नष्ट भएको छ’, डिएसपी दाहालले भने–‘भवनको चारैतिरको भाग अधिकांश जलेको छ साढे ८ करोड क्षति भएको अनुमान छ।’आगो नियन्त्रणको लागि झापाका १० वटा पालिकाका दमकल, प्रदेश सरकार सहित मोरङका ६ वटा दमकल, इलामको एउटा र भारतका समेत दुई वटा दमकल सहित नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा करीब ५ घण्टा पछि मात्रै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु