बालकल्याण माविले गर्योे ४८ औं स्थापना दिवसको अवसरमा शिक्षक तथा अभिभावकलाई सम्मान

2022-02-07 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ४८ औं स्थापना दिवस तथा सरस्वती पूजाको अवसर पारेर सम्मान कार्यक्रम आयोजना गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व तथा मेचीनगर – ५का वडाध्यक्ष योगेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयले २०७७ सालको वर्ष उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका सहायक प्रधानाध्यापक धनराज पौडेल र वर्ष उत्कृष्ट अभिभावकको रुपमा मनकुमारी सिक्देल श्रेष्ठलाई सम्मान गरेको हो । सम्मानित दुवै जनालाई नगद ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । विद्यालयका अक्षयकोष दाता ज्योतीप्रकाश पाठकले स्थापना गरेको ओमनाथ ऋतुकुमारी पाठक स्मृती अक्षयकोष मार्फत सो पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले बताए ।

सो अवसरमा बिभिन्न दाताहरुले विद्यालयले स्थापना गरेको सामूहिक अक्षयकोषमा सहयोग गरेका थिए । विद्यालयकी पूर्व विद्यार्थी दमक स्थायी घर भई हाल अमेरीकामा रहदै आएकी अरुणा कार्की र उज्वल खड्काले आफ्नो सुपुत्र आयान्स उज्वल खड्काको अक्षेराम्भको अवसरमा सामूहिक अक्षयकोषमा रु ५० हजार प्रदान गरे । सोही अवसरमा प्रनिक शिशा पसल मेनपा ७ का सञ्चालन रोमकान्त सुवेदीले रु १५ हजार तथा विद्यालयका साहयक प्रअ वर्ष उत्कृष्ट सम्मानित शिक्षक धनराज पौडेलले रु ५हजार ५०५ रुपैयाँ प्रदान गरेका थिए । शिक्षक पौडेलले यस अघि सो अक्षकोषमा १५ हजार प्रदान गरिसकेका छन् । उनले हालसम्म सो कोषमा २० हजार ५०५ रुपैयाँ पुर्याएका छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिलिप सुब्बा , अक्षयकोष दाता ज्योती प्रकास पाठक, सम्मानित शिक्षक धनराज पौडेल लगायतले बोलेका थिए ।

विद्यालको शैक्षिक,भौतिक विकासको लागि विद्यालयमा हालसम्म ५ किसिमका अक्षयकोष स्थापना गरिसकिएको छ । विद्यालयमा हाल ओमनाथ ऋतुकुमारी पाठक स्मृती अक्षयकोष,समिर एण्ड श्रेयासी अक्षयकोष,राधाबल्लव पराजुली स्मृती अक्षयकोष, ‘बालकल्याण मावि बृद्धि विकासमा सवैको जोस, शिक्षाको उन्तीमा असल संस्कारको लागि सामुहिक अक्षयकोष’ भन्ने उद्घोषका साथ सामुहिक अक्षयकोष, सामाजिक योगदानमा मेरो एकरुपैयाँ राशीको अन्तर्गत एनएमसी सहकारी बालकल्याण मावि जेहेन्दार विद्यार्थी पुरस्कार अक्षयकोष स्थापना गरिएको अध्यक्ष कार्कीले बताए ।

विद्यालयले हरेक वर्ष ओमनाथ ऋतुकुमारी स्मृती अक्षकोष मार्फत वर्ष उत्कृष्ट १ जना शिक्षक र १ जना अभिभावकलाई सम्मान गर्दै आएको छ । भने राधाबल्लव स्मृती अक्षयकोष मार्फत एस ईईमा प्रथम र दोस्रो हुनेलाई सम्मान गर्दै आएको छ । त्यसैगरी एनएमसी सहकारी बालकल्याण मावि जेहेन्दार विद्यार्थी पुरस्कार अक्षयकोषबाट कक्षा १ देखि कक्षा ७ सम्मका कक्षा उत्कृट विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्दै आएको छ । सो कोषमा हाल २ लाख १५ हजार रहेको छ । समिर एण्ड श्रेयासी अक्षयकोष मार्फत विद्यालयले कक्षा ८ र ९बाट उत्कृष्ट १,१ जना विद्यार्थीलाई पुरस्कार प्रदान गर्दे आएको छ ।
विद्यालयले सामुहिक अक्षयकोषबाट संकलित रकम विद्यालयको भौतिक पूर्वाधार विकासमा खर्च गरिने अध्यक्ष कार्कीले बताए । सामुहिक अक्षयकोषमा हालसम्म ५लाख २४ हजार पुगेको छ । सो कोषमा ५ हजार देखि १ लाख रकम प्रदान गर्ने ३४ जना पुगेका छन् ।

विद्यालयको विकासमा सहयोग पुर्याउने उद्देश्यले २०५४ सालमा ग्रामिण विकास मञ्च द्वारा अभिभावक शिक्षक संघ कोष समेत स्थापना गरिएको थियो । ग्रामिण विकास मञ्चका अध्यक्ष पुष्पराज पौडेल र सचिव राजन गिरीले १५ हजार राशीको कोष स्थापना गरिदिएका थिए । विद्यालयको आन्तरिक श्रोतबाट संकलित रकम सो कोषमा जम्मा गर्ने गरिएको र सो कोष विद्यालयको सवैभन्दा परानो कोष भएको विद्यालयका प्रावि इन्चार्ज सन्तलाल माझीले बताए । प्रावि इन्चार्ज सन्तलाल माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले गरेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु