मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले काँकरभिट्टा बहुमुखी क्याम्पसको अक्षयकोषका लागि ५ लाख रुपैयाँ प्रदान गरेका छन् ।
क्याम्पसले आइतबार आयोजना गरेको सञ्चालक सदस्यहरु र प्राध्यापक ९कर्मचारी०हरुको स्वागत तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सो रकम बराबरको चेक प्रदान गरेका हुन् ।
मेयर आचार्यले सो चेक क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापालाई हस्तान्तरण गरेका थिए । यसैगरी मेयर आचार्यले निर्माण गरिदिएको क्याम्पस हाताभित्रको मार्वल र टायल्स्ले बनाएको मूर्तिसहितको मन्दिर हस्तान्तरण गरेका थिए ।
प्राध्यापक संघ एकाई समिति काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष विष्णु गौतमको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पसबाट विदाई भएका प्राध्यापकहरु हरिप्रसाद न्यौपाने र भानुभक्त खनाललाई सम्मान बिदाइ गरिएको छ ।
कार्यक्रममा सञ्चालक सदस्यहरु ठाकुरप्रसाद शिवाकोटी, कल्पना ओली सिटौला, दलबहादुर गिरी र तुलसीप्रसाद निरौलालाई विदाई गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेयर आचार्य, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापा लगायत अतिथिहरुले सम्मान गरेका थिए ।
यसैबीच, नवनियुक्त प्राध्यापक ९कर्मचारीहरु कल्पना महत, आशिष उप्रेती, चिरञ्जीवि भट्टराई, अनिल विष्ट, सुनिता तिम्सिना, बसन्त राई, वर्षा सुवेदी, युवराज दाहाल, कुमार तिवारी तथा लेखा अधिकृत विष्णु श्रेष्ठ र सूचना तथा सञ्चार अधिकृत सुजन प्रधानलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष थापा, त्रिवि प्रतिनिधि नेत्र नेपाल, सञ्चालक सदस्यहरु दुर्गाप्रसाद सापकोटा, भगिरथ भण्डारी, सुशील आचार्य, दिलिपजंग सुब्बा, रचना घिमिरे, हरिप्रसाद तिम्सिना, पनिता ढकाल, मीरा कार्की, ललितबहादुर तामाङ, प्राध्यापक प्रतिनिधि हेमकुमार खड्का, मेची उद्योग बाणिज्य संघ प्रतिनिधि ऋषिराज तिम्सिना, काँकरभिट्टा मावि प्रतिनिधि प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र सदस्य सचिव क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीलाई स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा मेयर आचार्य, उपप्रमुख उप्रेती, सञ्चालक दुर्गाप्रसाद सापकोटा, स्ववियू सभापति सुरज सुवेदी, विदाई हुनेहरुका तर्फबाट क्याम्पस सञ्चालक समितिका निवर्तमान सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्राध्यापक संघ एकाई समिति काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्षता विष्णु गौतमको सभापतित्व, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले स्वागत र कार्यक्रमको सञ्चालन प्राध्यापक लम्बोदर पौडेलले गरेका थिए ।
प्रतिकृया दिनुहोस्