राप्रपाबाट अलग भएको पूर्वअध्यक्ष थापाको घोषणा

2022-02-08 मा प्रकाशित

झापा, २५ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

आफ्नो गृह जिल्ला हेटौडामा पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

आफ्नो माग नेतृत्वले सम्बोधन नगरेकाले नचाहँदा नचाहँदै पार्टीबाट अलग हुने निर्णय गर्न बाध्य भएको थापाले बताएका छन् ।

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । साथै उनले केन्द्रीय सदस्य मनोनयनमा पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहनेछु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’

उनले यसअघि आफूनिकटका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको भेलामा माग पूरा नभए पार्टीबाट अलग हुने भन्दै त्यसका लागि कार्यकर्तालार्ई तयार रहन आग्रह समेत गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु