मेचीनगरका विद्यालयलाई अनुदान रकम ः ७ वटा विद्यालयले एक करोड बढी अनुदान पाउने

2022-02-17 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रका ७ वटा विद्यालयहरुले एक करोड भन्दा बढी रकम अनुदान पाउने भएका छन्। नेपाल सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत मेचीनगरका विभिन्न ७ वटा विद्यालयले एक करोड १९ लाख ५० हजार रकम पाउने भएको मेचीनगर शिक्षा शाखाले जनाएको छ ।

मेचीनगर ५ स्थित बालकल्याण माविले चार कोठे भवन निर्माणका लागि ३६ लाख, मेचीनगर १ स्थित पवित्र माविले चार कोठे भवन निर्माणका लागि ३६ लाख, मेचीनगर १० स्थित धुलाबारी माविले प्राविधिक ल्याब स्तरोन्नतीका लागि १० लाख र मेचीनगर २ स्थित कृष्ण आधारभूत विद्यालयले दुई कोठे भवन निर्माणका लागि १८ लाख रकम पाउने भएका हुन् ।

त्यस्तै मेचीनगर ८ को कञ्चनजंघा आधारभुत विद्यालयले आइसिटि निर्माणका लागि ६ लाख ५० रकम पाउने भएका छन । त्यसैगरी मेचीनगर ८ स्थित आदर्श माविले पनि आइसिटि निर्माणका लागि ६ लाख ५० हजार र मेचीनगर १४ को बालसुबोधनी माविले समेत आइसिटि निर्माणकै लागि ६ लाख ५० हजार रकम राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पाउने मेचीनगर शिक्षा शाखाका लोकबहादुर दाहालले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु