कालिका वनको अध्यक्षमा भट्टराई निर्वाचित

2022-02-24 मा प्रकाशित

धाइजन, १२ फागुन । कालिका सामुदायिक वनको अध्यक्षमा योगश भट्टराई निर्वाचित भएका छन् ।
उनले अध्यक्षमा ९१३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी विशुलाल मेचेले ८५२ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ६१ मतको अन्तरले भट्टराई अध्यक्षमा विजयी भएका हुन् ।

भट्टराई प्रगतिशील प्यानबाट उठेका थिए । उनी माओवादीका हुन् । प्रगतिशील प्यानमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लिम्बुवान, संघीय गणतान्त्रिक मोर्चाले निर्वाचनमा तालमेत गरेको थियो ।

यता मेचे एमालेका हुन् । उनी प्रगतिशील लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा उठेका थिए । प्रगतिशील लोकतान्त्रिक प्यानलमा एमाले, कांग्रेस र राप्रपाको गठबन्धन थियो ।

चुनाव बुधबार सम्पन्न भएको थियो । बुधबार रातिदेखि मगगणना सुरु भएको थियो । बिहीबार विहान मतपरिणाम आएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु