मेची नगर ५ को आयोजनामा जुत्ता चप्पल बनाउने तालिम सुरु

2022-03-27 मा प्रकाशित

मेचीनगर, चैत । महिला हरुलाई सिप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले मेचीनगर ५ वडा कार्यालयको आयोजनामा मखमलको जुत्ता, चप्पल बनाउने तालिम सुरु भएको छ ।
वडा कार्यालयमा आयोजित १४ दिवशीय तालिमको उद्घाटन गर्दै वडाध्यक्ष योगेन्द्र थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र सबैले सिकेको सिपलाई व्यवहारमा लागु गर्न अनुरोघ समेत गरे ।
तालिममा वडानम्बर ५ का ३० जना महिलाहरु सहभागि बनेका छन् । भने सहभागिहरुलाई मन्दिरा कार्की, विनिता उराउले ढाकाको जुत्ता र स्याण्डल बनाउन प्रशिक्षण दिइरहेका छन् । उद्घाटन् कार्यक्रमममा वडा सदस्य मेघराज गेलाल , नारायण खड्का, रेडियो साथिकी प्रवन्धक पुनम श्रेष्ठ,लगायतले बोलेका थिए । कार्यक्रमकोऔचित्य र आवश्यक्ताको बारेमा वडा सदस्य दुर्गा देवकोटाले प्रकास पारेकी थिइन् ।
वडा सदस्य चन्द्रकला विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव येसु लिम्बूले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु