नव युवा क्लबको सांस्कृतिक कार्यक्रम सम्पन्न

2022-04-14 मा प्रकाशित

अर्जुनधारा । झापाको अर्जुनधारा–४र७स्थित नव युवा क्लबको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

“सहयोग गरौं सबैले, बनाऔं आफ्नो गाउँ आफैले”भन्ने मुख्य नारासहित क्लबका अध्यक्ष देवेन्द्र मैनालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

कार्यक्रमका सहभागि विभिन्न व्यक्तित्वहरुबाट संस्थाको निर्माणाधीन सामुदायिक भवन निर्माणका लागि तीन लाख ५० हजार बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा भएको क्लबका अध्यक्ष मैनालीले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा कलाकार श्रीकृष्ण लुँइटेल “बोकेदा¥ही”, भ्वाइस अफ किड्सकी उपविजेता अनुजा कडरिया, डी वल्र्ड डान्स सेन्टर, सृजना बाल क्लबका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा क्लबले तयार गरेको नव वर्ष २०७९को क्यालेन्डर पनि सार्वजनिक गरिएको थियो ।

भवन निर्माण समितिका संयोजक तुलसी श्रेष्ठले सामुदायिक भवन निर्माण कार्यको हालसम्मको प्रगति विवरण बारे जानकारी गराएको कार्यक्रममा नगर कार्यपालिका सदस्यद्वय नवराम ढुंगाना “नविन” र बलदेवसिंह गोम्देन, सामाजिक व्यक्तित्व केदारनाथ पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबकी उपाध्यक्ष देवका न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन दिनेश भूजेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु