तीन दिने रेडियो पत्रकारिता तालिम सम्पन्न

2022-09-17 मा प्रकाशित

इटाभट्टा । रेडियो मन्त्रको आयोजनामा सञ्चालित तीन दिवसीय रेडियो पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ ।
किराँत याक्थुम चुम्लुङ भवनमा आयोजित तालिममा मेचीनगर, बिर्तामोड, बुद्धशान्ति र अर्जुनधारा क्षेत्रबाट २१ जनाले सहभागिता जनाएका थिए । तालिममा सहभागिहरुलाई सामुदायिक सूचना नेटवर्कका राजन रुचालले समाचार लेखन, कार्यक्रम सञ्चालन लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिमको अन्तिम दिन शुक्रबार सहभागि सबैले रेडियो मन्त्रको स्टेशनमा आवाजको परी क्षण समेत गरेका थिए ।


रेडियो मन्त्रको कार्यालयमा सम्पन्न भएको तालिमको समापन समारोहका प्रमुख अतिथि प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले रेडियो पत्रकारिताले हरेक व्याक्तिको नेतृत्व तथा व्यक्तिव विकास हुने बताउँदै समाजमा घटेका विकृति र विसंगतिका विरुद्ध आवाज बुलन्द बनाउन र आफूले सिकेको ज्ञान र सिपलाई व्यवहारमा लागु गर्न सहभागिहरुलाई आग्रहगरे ।
तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा तालिममा सिकेका विषयमा सहभागिका तर्फबाट सुमी सतार र निरोज खनालले अनुभव कथन सुनाएका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि बराल र प्रशिक्षक रुचाललाई मायाको चिनो समेत प्रदान गरिएको थियो । मेचीनगरको इटाभट्टामा भदौ १६ गतेबाट १०५.४ मेगाहर्जको रेडियो मन्त्र प्रसारण सुरु भएको छ । उक्त रेडियो पत्रकार ज्ञानेन्द्र निरौलाले सञ्चालनमा ल्याएका हुन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु