धुलाबारी क्याम्पसले शैक्षिक फड्को मार्याे, अव यसै शैक्षिक सत्रबाट व्याचलर इन सिभिल इन्जिनियरिङ पढाइ हुने

2022-09-22 मा प्रकाशित

डम्बर बराल

धुलाबारी, ६ असोज । धुलाबारी क्याम्पसमा यस शैक्षिक सत्रबाट व्याचलर इन सिभिल इन्जिनियरिङ  कक्षा सञ्चालन हुने भएको छ ।
क्याम्पसले बुधबार क्याम्पसको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर विइ सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख पुष्पराज पौडेलले लामो संघर्षपछि धुलाबारी क्याम्पसमा उक्त प्राविधिक शिक्षा ल्याउन सफल भएको बताए ।
सामान्य विषय मात्र अध्यापन गराएर क्याम्पस सञ्चालन नहुने देखेपछि हामीले प्राविधिक शिक्षामा जोड दियौं । क्याम्पस प्रमुख पौडेलले भने, हामीले २०७१ सालबाट सिटिइभिटी बाटै भएपनि १८ महिने सिभिल इन्जिनियरिङको कक्षा सुरु गर्यौं । त्यसपछि तीन वर्ष अघिबाट मेचीनगरपालिका र सिटिभिटिको प्रविधिक सहयोगमा मेचीनगर पोलिटेक्किल इन्स्टिच्युट मार्फत डिप्लोमा तहमा इन्जिनियरिङ कक्षा सञ्चालन गरेर प्राविधिक शिक्षामा फड्को मार्न सफल भयौं । यस वर्षबाट भने पूर्वाञ्चल विश्वविद्यालयबाटनै अनुमति प्राप्त गरेर विइ कक्षा  सञ्चालनको तयारीमा छौैं ।
विइ सञ्चालनको लागि भौतिक पूर्वाधार र शिक्षक तथा ल्यापको हकमा हामी सम्पन्न छौं। मात्रै धरौटीको लागि २५ लाख आवश्य पर्छ । यसको लागि मेचीनगर नगरपालिका सकारात्मक देखिएको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख पौडेलले जानकारी दिए । उनले भने, ‘यो मेचीनगरको लागि ठूलो सम्पत्ती हो । त्यसैले नगरपालिकाले सहयोग गर्नु पर्छ ।’


पत्रकार सम्ममेलनमा क्याम्पसका कोअर्डिनेटर रुद्र मैनालीले यहि मंसिरबाट  कक्षा सञ्चालन हुने बताउँदै भर्ना समेत खुली सकेको जानकारी दिए । यही असोज २६ गते सम्म भर्ना अभियान सञ्चालन हुने र त्यसपछि डवल दस्तुरमा कात्तीक ४ गतेसम्म भर्नाको समय रहेको पत्रकार सम्मेलनमा जानकारी दिए । ४ वर्षे कोर्समा ८ वटा सेमिस्टार हुने र चार वर्षमा रु ७ लाख ६५ हजार ५०० खर्च लाग्ने बताउँदै मैनालीले भने,‘ यो ४८ जना विद्याथीको कोटा हो । यसमा ४ जनाले स्कलर सिप पाउँने छन् ।’ विइ पढ्नको लागि डिब्लोमा इन्जिनियरिङ पास गरेको, साइन्समा प्लस टु पास गरेको हुनु पर्ने र सो विषयमा कम्तिमा सी ग्रेट ल्याएका विद्याथीले मात्र विइ पढन् पाउने उनको भनाई छ ।
कार्यक्रमा क्याम्पस प्रमुख भीम खवासले क्याम्पसको विगत र वर्तमान अवस्थाको समिक्षा गरे । उनले क्याम्पस सञ्चालन अभियानका अभियान्ताहरुको योगदानको खुलेर चर्चा समेत गरे ।
सुरुका दिनमा धुलाबारी क्याम्पसमा विद्यार्थी खचाखच हुन्थे, नगरमा अन्यत्र कही क्याम्पस थिएनन् , अध्यक्ष खवासले भने, ‘अहिले त्यो इतिहास जस्तै भयो । त्यसैले हामी प्राविधिक शिक्षिमा अघि बढ्यौं ।’ उनले विगतलाई सम्झदै भने, ‘अव यसले नयाँ उचाइ प्राप्त गरेको छ ।


पत्रकार सम्मेलन पछि क्याम्पस परिसर र प्रयोगशालाको अवलोकन समेत गरिएको थियो । २०४८ सालमा स्थापना भएको धुलाबारी क्याम्पसमा लामो समय सम्म बिबिएस र बिए अध्यापन हुँदै आएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु