मेचीनगरबाट सुदूरपूर्व डटकम नामक अनलाइन सञ्चालन

2022-10-22 मा प्रकाशित

मेचीनगर, ५ कात्तिक । मेचीनगर –६ स्थित काँकरभिट्टाबाट सुदूरपूर्व डटकम नामक अनलाइन सञ्चालनमा आएको छ । प्रेस क्लव मेचीनगरका उपाध्यक्ष समेत रहेका जी आर धितालले अनलाइन सञ्चालनमा ल्याएका हुन् ।

शनिवार एक कार्यक्रमका बीच पत्रकार माहासंघ झापाका अध्यक्ष एकराज गिरीले अनलाइनको औपचारिक उद्घाटन् गरे । कार्यक्रमका प्रमुख अतिथि गिरीले प्रविधिको विकास सँगै पछिल्लो समय अनलाइन पत्रकारिताको विस्तार भइरहेको बताउँदै यसको व्यवसायिकतामा ध्यान दिनु पर्ने बताए । संकटका बीच अनलाइन थपिएको छ, उनले भने, ‘यसको दिगो विकासकालागि प्रविधि सँगै अघि बढ्न जरुरी छ ।’ उनले पत्रकार आचारसंहितालाई पूर्ण रुपमा कार्यान्वयन गर्न समेत आग्रह गरे ।

मिडिया पर्सन  राधाकृष्ण धितालको सभापतित्व रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, देवी माविका सह प्रधानाध्यापक लिलाप्रसाद भण्डारीलगायतनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस क्लवकी उपाध्यक्ष रीता दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन अनलाइनका सञ्चालक तथा सम्पादक जी आर धितालले गरेका थिए । औपचारिक उद्घाट्न पूर्व बिधि पूर्वक गुरु मन्त्र उच्चारण सहित पूजा आरधना गरिएको थियो । मेचीनगरमा मुख्य कार्यालय रहेर यस अघि ७ वटा अनलाइन सञ्चालनमा आइसकेका छन् । यो मेचीनगरमा सञ्चालित आठौं अनलाइन हो । शिक्षा क्षेत्रलाई मुख्य बिट बनाएर अनलाइन सुरु गरिएको सम्पादक धितालको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु