मेचीनगर– ५ का विभिन्न जातजातिलाई महासंघले बाड्यो जातीय भेषभूषा

2022-10-30 मा प्रकाशित

डम्बर बराल

सुरेन्द्रनगर । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद् मेचीनगर –५ ले आइतबार वडामा रहेका आदिवासी बिभिन्न जातजातिलाई जातीय भेषभूषा वितरण गरेको छ ।


यहाँ स्थित माङहिम परिषरमा आयोजित कार्यक्रममा वडामा रहेका राई,  मगर, लिम्बू,  उराउ,नेवार,  धिमाल,  राजवंशी र तामाङ समुदायलाई उनीहरुको जातीय भेषभूषा वितरण गरिएको हो ।


आदिवासी जनजाति महासंघ झापाका उपाध्यक्ष केवलराम राईको प्रमुख आतिथ्य तथा मेचीनगर –५ का वडा समन्वय परिषद्का अध्यक्ष सुभाष लिम्बूको सभापतित्वमा आयोजित कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि राई तथा अतिथिहरुले च्याब्रुङ बजाएर गरेका थिए ।


उद्घाटन् कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राईले आदिवासी जनजाति महासंघ बिभिन्न जातजातिको छाता संगठन भएको र महासंघले सबै जातजातिको भाषा,धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने बताए । मेचीनगरमा २२ जातजाति महासंघमा आवद्ध छन् । उनले भने,‘ हामी सबैलाई संगठित गर्दै सुन्दर फूलवारी बनाउने अभियानमा छौं ।’ नेपाल बहुभाषिक, बहुधार्मिक, बहु संस्कृतिक मुलुक भएको बताउँदै राईले भने,‘राज्यले अझै आदिवासी जनजातिहरुलाई बिभेद गरिरहेको छ । अब त्यसको अन्त्य हुनु पर्छ ।’

कार्यक्रममा मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्की, निवर्तमान वडाध्यक्ष योगेन्द्र थापा, वडा सदस्य माया प्याकुरेल, नेकपा एमाले मेचीनगर –५ का वडाध्यक्ष रविन राउत, राप्रपा मेचीनगर– ५ का वडाध्यक्ष पर्शुराम पराजुली, कि.या.चुका केन्द्रिय सल्लाकार जितबहादुर लावती, आदिवासी जनजाति महासंका मेचीनगर सचिव चिरञ्जिवी खवास, समाजसेवी रंगलाल गिरी, अनन्त दाहाल लगायतले बोलेका थिए ।

कार्यक्रममा मगर समुदाय, किराँत राई यायोक्खा, तामाङ समुदाय, राजबंशी, लिम्बू , राजवंशी, सादरी भाषी लगायत बिभिन्न जातजातिको संस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।
यामबहादुर सावदेनले स्वागत गरेको कार्यक्रमको सञ्चालन आदिवासी जनजाति महासंघ मेचीनगर–५ का वरिष्ठ सल्लाकार दिलिप सुब्बा र सचिव आशेर उराउले गरेका थिए । जातिय भेषभूषा वितरणको लागि निवर्तमान वडाध्यक्ष योगेन्द्र थापाले रु २ लाख ५० हजार विनियोजन गरिदिएको र सोहि बजेटबाट कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु