अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

2022-12-04 मा प्रकाशित

काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २(१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो ।

खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २(० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २(१ ले विजयी भयो ।

जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै यस अघि नै शनिबार बेलुका भएको अर्को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगिसकेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३(१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २(० को अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २(१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३(१ को सहज जित दिलाए । यस जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु