जनप्रिय सहकारीको सभामा सम्मान

2022-12-05 मा प्रकाशित

धुलाबारी  । जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर–१०, धुलाबारीको १३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
मेची उद्योग वाणिज्य संघ धुलाबारीको सभाहलमा सम्पन्न साधारण सभाले आगामी नीति तथा कार्यक्रमहरु तर्जुमा गरेको छ । सहकारी संस्थाका अध्यक्ष पशुपति नेपालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्म शेयर पुँजी १ करोड १२ लाख २५ हजार ५०० सय रुपैयाँ रहेको उल्लेख छ ।


सोही अवधिमा संस्थाको १ करोड ८ लाख ६४ हजार ५२५ रुपैयाँ जगेडा कोषमा रहेको छ भने निक्षेप ३ करोड ७७ लाख ९२ हजार ११ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

 


साधारण सभामा असल बचतकर्ता र असल ऋणीहरुलाई सम्मान गरिएको थियो । असल बचतकर्ता मेचीनगर–१० निवासी शेयर सदस्य चिरञ्जीवि बस्नेत र गोकुल गौतमलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै, असल ऋणीतर्फ मेचीनगर–९ निवासी सवनम राना मगर र मेचीनगर–१० निवासी दिपकप्रसाद ओलीलाई सम्मान गरिएको हो ।
सहकारी संस्थाका अध्यक्ष पशुपति नेपालको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्र भट्टराई, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख मुना घिमिरे, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका सचिव जितबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष सुवास गुरुङले स्वागत तथा सचिव गंगाबहादुर मगरले सञ्चालन गरेको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष चुडामणि बराल, विष्णुकुमार श्रेष्ठ, लेखा समिति संयोजक डिल्लीराम खनाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु