एसियन राजमार्ग ‘मितेरी पुल’ आजबाट सञ्चालन

2023-01-01 मा प्रकाशित

झापा । दक्षिण एसियाली मुलुकका विभिन्न देश संग स्थलमार्ग जोड्ने एसियाली राजमार्ग आइतबारबाट पुर्ण रूपमा सञ्चालनमा आएको छ ।

पुस १७ गते १ बजेर १५ मिटेको समयमा एकै साथ नेपाल – भारतका भन्सार प्रमुखहरूले रिवन खोलेर खुलाएका हुन । नेपालको तर्फबाट भन्सार प्रमुख रामप्रसाद पाठक र भारतको तर्फबाट त्यहाँका भन्सार प्रमुख ल्हा छिरिङ शेर्पाले आ(आफ्ना सीमाबाट रिबन खोलेर शुरू गरेका हुन । नेपाल( भारत सीमा मेची नदीमा निर्माण सम्पन्न भएको लामो समय पछि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

६ लेनको एसियन हाइवे र मितेरी पूल सञ्चालनमा आउ पछि सबै नागरिकलाई सहज हुने स्थानियहरूको भनाई छ। निर्माण सम्पन्न भएको लामो समय पछि सञ्चालनमा आएको हो । भारतिय पक्षले विभिन्न बहानामा अवरोध गरे थियो । २०७९ पुस ६ मा नेपाल(भारतका भन्सार तथा सुरक्षा अधिकारीको संमयुत बैठकले तत्काल खुलाउने सहमति गरेको थियो । सहमति पत्रमा भारतको तर्फबाट भन्सार डिभिजनकी उपआयुत ल्हा छिरिङ शेर्पा, र नेपालको तर्फबाट मेची भन्सार प्रमुख रामप्रसाद पाठकले गरेका थिए । राजमार्ग सञ्चालनमा भारतिय पक्षले विभिन्न बहानामा अघोषीत रूपमा सुरक्षा चुनौती देखाउदै अवरोध गरेको थियो । भारतका कारण लामो समय आवत( जावतमा समस्या भयो । ठुला सवारी बाहेकका सवारीलाई रोकलगाएको थियो । सागुरो र जिर्ण पुरानो पुलबाट सवारी र पैदलयात्री दोहोरो आउदा( जादा नाकामा दैनिक ट्राफिक जामको संर्घषपूर्ण परिस्थितिबाट छुटकरा पाउँने छन । भन्सार प्रमुख रामप्रसाद पाठक, राजमार्ग सञ्चालनमा आए पछि सहज हुने बताउँछन । सबै प्रकारका सवारी तथा आम नागरिकलाई आवत( जावतमा सहज हुने छ।

चार चक्के सवारी नयाँ पुल र दुई , तीन चक्के र पैदलयात्री पुरानो पुलबाट आउ( जाउ गर्ने छन् । २०७३ सालमा सम्झौता भई अन्तर्राष्ट्रिय मापदण्डको भव्य सड्क र पुल बनेको थियो। पनि सञ्चालन भए पछि नेपाल( भारत आउँ( जाउँ गर्न सहज हुने छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतिय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा ५ सय ७५ मिटर लम्बाइको मितेरी पुल, निर्माणका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए१ एसिया उपक्षेत्रीय आर्थिक सहयोग र सड्क सञ्जाल परियोजना ९एसएएसईसी० अन्तरगत एसियाली बिकाश बैंक ९ एडिबी० को करिब डेण अर्ब भारू ऋण सहयोगमा निर्माण सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु