Author: मेची आवाज डेक्स

पाँचौ मेचीनगर गोल्डकप : सडनडेथमा झापा एफसीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा प्रवेश

काँकरभिट्टा । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा झापा एफसीलाई सडनडेथमा पराजित गर्दै चर्च व्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक […]

पूरा पढ्नुहोस्

वन्यजन्तुबाट हुने क्षति रोक्न बाली बीमा आवश्यक छ : नगरप्रमुख बुढाथोकी

बाहुनडाँगी, २५ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले वन्यजन्तुबाट हुने क्षति रोक्न बाली बीमा आवश्यक भएको बताएका छन् । आज संघीय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल वर्दियाको सहयोगमा कृषि बीमा सम्बन्धी एकदिवसीय कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘हात्तीको आक्रमणबाट जनधनको क्षति रोक्न बाली बीमा आवश्यक छ’, […]

पूरा पढ्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे […]

पूरा पढ्नुहोस्

धुलाबारीमा रैथान स्वादको महोत्सव आयोजना हुने

धुलाबारी,२५ फागुन । झापाको धुलाबारीमा रैथाने स्वादको महोत्सव आयोजना हुने भएको छ । यही फागुन २७ र २८ गते स्थानीय चार वटा जनजाति समुदायका खाना र साँस्कृतिक महोत्सव हुने भएको हो । मेचीनगर १० को नन्दा कोरिडोर प्रवर्धन केन्द्रको आयोजनामा ‘रैथाने स्वाद तथा साँस्कृतिक महोत्सव’ हुन लागेको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटः सरस्वतीलाई हराउँदै थन्डर सेमिफाइनलमा

मेचीनगर २४ फागुन  । झापाको मेचीनगर– ४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले सर्वाधिक १८ रन बनाए । उनले […]

पूरा पढ्नुहोस्

पाँचौ मेचीनगर गोल्डकप : कालिम्पोङलाई हराउँदै आयोजक सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगरमा शनिबारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपको उद्घाटन खेलमा पाहुना टोलि कालिम्पोङमाथि सहज जित निकाल्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ । काँकरभिट्टा खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा पाहुना […]

पूरा पढ्नुहोस्

बलभद्र मा.विको ६५ ओैँ वार्षिकोत्सब सम्पन्न, साहित्यकार, शिक्षासेवी र विद्यार्थी सम्मानित

मेचीनगर । यस वर्षको ‘जरा बर्ष पुरस्कार २०८१ ’कवि गायक तथा संगीतकार चन्द्र भण्डारी सहित दुई जनालाई प्रदान गरिएको छ । बिहीबार मेचीनगर –११ स्थित बलभद्र जनता माध्यमिक विद्यालयको ६५ ओैँ वार्षिकोत्सबका अवसरमा वरिष्ठ सञ्चारकर्मी भण्डारी र भारत पश्चिम बंगाल शिलीगुडी निवासी वरिष्ठ साहित्यकार डाक्टर भिक्की प्रसाद‘ विरेन्द्र’लाई प्रदान गरिएको हो । समाजमा लुकेर रहेका, […]

पूरा पढ्नुहोस्

७५ बर्षीय नीरकुमारीलाई नागरिकताले दिलायो खुशी

।। अम्बिका भण्डारी ।। झापा । पचहत्तर बर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका वडा नं. २ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् । “नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन,” हालै पाएको नागरिकता देखाउँदै उनले भने–“बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त […]

पूरा पढ्नुहोस्

देवर्षि आश्रममा आयोजित पुराणमा भक्तजनको भीड बढ्दै

मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान  महायज्ञमा भक्तजनको भीड बढ्न थालेको छ । आयोजक समितिले पुराण सफलपार्न २९ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट आश्रम परिसरमा निर्माणाधिन मन्दिरको […]

पूरा पढ्नुहोस्

देवर्षि आश्रममा श्रीमद् भागवत महापुराण सुरु

मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारबाट श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । पुराण उद्घाटन पूर्व बिहान कलश शोभायात्रा निकालिएको थियो । आश्रम परिसरबाट सुरु भएको शोभायात्रा जोरसिमल, इटाभट्टा, गोमनसरी हुँदै पुनः पुराण स्थल पुेको थियो । कलश शोभा यात्रामा ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । निर्माणधिन देवर्षि आश्रमलाई […]

पूरा पढ्नुहोस्