Author: मेची आवाज डेक्स
देवर्षि आश्रममा श्रीमद् भागवत महापुराण सुरु
मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारबाट श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । पुराण उद्घाटन पूर्व बिहान कलश शोभायात्रा निकालिएको थियो । आश्रम परिसरबाट सुरु भएको शोभायात्रा जोरसिमल, इटाभट्टा, गोमनसरी हुँदै पुनः पुराण स्थल पुेको थियो । कलश शोभा यात्रामा ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । निर्माणधिन देवर्षि आश्रमलाई […]
पूरा पढ्नुहोस्
क्षयरोगीको स्वास्थ्य बुझ्न मेचीनगरको स्वास्थ्य टोली घर–घरमा
मेचीनगर, २० फागुन । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घर–घरमा गएर विरामीको उपचार र लगत संकलन गरिरहेको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता दिन घर–घरमा पुगेर विरामीको स्वास्थ्य र लगत संकलन गरिरहेको बताइन् । ‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका […]
पूरा पढ्नुहोस्
बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम
मेचीनगर, १८ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताएका छन् । आज मेचीनगर–२ स्थित बौद्वमोडमा नगरपालिकाले आयोजना गरेको आधुनिक मौरी पालन सम्बन्धी ५ दिने तालिमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले यस्तो कुरा बताएका हुन् । तालिममा सहभागी युवा कृषकहरुलाई उनले मौरी पालनबाट मह उत्पादन बढाउन, प्रशोधन गर्न […]
पूरा पढ्नुहोस्
मेचीनगरको मुहार फेर्न राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा एक ढिक्का हुनुपर्छ : महामन्त्री शर्मा
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकास शर्माले जलवायु परिवर्तनकोे कारण खानेपानी तथा जैविक विविधतामा ठूलो असर पर्दै गएको बताएका छन् । शनिबार धुलाबारी खानेपानीको २४ औैं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद शर्माले सो कुरा बताएका हुन् । जलवायु परिवर्तनकै कारण ४७ वटा हिमताल जोखिममा रहेको र ती […]
पूरा पढ्नुहोस्
दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्शको पोल्टामा
नकलबन्दा । झापाको मेचीनगर –५ स्थित नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लबले जितेको छ । आदर्शले धुलाबारी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो । उपाधि जितेसँगै आदर्श युवा क्लबले नगद ५० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेसँगै धुलाबारीले नगद ३० हजार, ट्रफी तथा […]
पूरा पढ्नुहोस्
भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सको पोल्टामा
भद्रपुर, १६ फागुन । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित […]
पूरा पढ्नुहोस्
आयोजकलाई हराउँदै आदर्श युवा क्लब फाइनलमा
नकलबन्दा । दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुद्धशान्ति फाइनल प्रवेश गरेको छ । आदर्शका कप्तान समेत रहेका विजय राईको एक गोलको मद्दतमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई हराएको थियो । खेलको ५८ औँ मिनेटमा आदर्शका सुजन मगरको पासमा कप्तान राईले गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलमा नकलबन्दाका अरुण मेचेको प्रहार आदर्शका रिजन […]
पूरा पढ्नुहोस्
झापामा भूकम्पको धक्का महसुस
झापा । झापा लगायत देशभर भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ । रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका छन् । पछिल्लो समय सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको चर्को आलोचना भइरहेको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री शर्माले विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका हुन् । बिहिबार मेचीनगर १० स्थित धुलाबारीमा प्रेस क्लब मेचीनगरको १० औं साधारण सभा […]
पूरा पढ्नुहोस्
धुलाबारी फुटबल क्लब फाइनलमा प्रवेश
नकलबन्दा । धुलाबारी फुटबल क्लब दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनल प्रवेश गरेसँगै धुलाबारीले नगद ३० हजार सुरक्षित गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा धुलाबारीले टाइब्रेकरमा तुर्केनी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । निर्धारित ३०–३० मिनेटको खेलमा गोलरहित बराबरी खेलेपछि निर्णय […]
पूरा पढ्नुहोस्