Author: मेची आवाज डेक्स
झापामा भूकम्पको धक्का महसुस
झापा । झापा लगायत देशभर भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ । रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका छन् । पछिल्लो समय सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको चर्को आलोचना भइरहेको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री शर्माले विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका हुन् । बिहिबार मेचीनगर १० स्थित धुलाबारीमा प्रेस क्लब मेचीनगरको १० औं साधारण सभा […]
पूरा पढ्नुहोस्
धुलाबारी फुटबल क्लब फाइनलमा प्रवेश
नकलबन्दा । धुलाबारी फुटबल क्लब दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनल प्रवेश गरेसँगै धुलाबारीले नगद ३० हजार सुरक्षित गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा धुलाबारीले टाइब्रेकरमा तुर्केनी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । निर्धारित ३०–३० मिनेटको खेलमा गोलरहित बराबरी खेलेपछि निर्णय […]
पूरा पढ्नुहोस्
मेचीनगर गोल्डकपमा आठ टिम सहभागी हुने
मेचीनगर, १४ फागुन । पाँचौँ संस्करणको मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे जानकारी दिइएको हो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका तीन र ए डिभिजनका तीन क्लबको सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा […]
पूरा पढ्नुहोस्
‘रिडर्स फेस्टिबल’ को आय(ब्याय सार्वजनिक
मेचीनगर । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रिडर्स अभियान नेपालले गत मंसिर २७ गतेबाट तीन दिन आयोजना गरेको ‘रिडर्स फेस्टिबल’को आयब्याय सार्वजनिक गरेको छ । नेपालले मंगलबार इटाभट्टामा आयोजित पत्रकारसमक्ष तीन दिनसम्म सम्पन्न गरिएको ‘रिडर्स फेस्टिबल’को हिसाब सार्वजनिक गरेको हो । कार्यक्रममा विभिन्न संघ(संस्था, स्थानीय तहबाट ३ लाख ६९ हजार सात सय रुपैयाँ संकलन भएको […]
पूरा पढ्नुहोस्
मेचीनगर अनलाइन आजदेखि तेस्रो वर्षमा
काँकरभिट्टा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको दुईवर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको हो । २०७९ फागुन १४ गतेबाट सुरु भएको अनलाइनको धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा […]
पूरा पढ्नुहोस्
मेचीनगरले उठायो ६ महिनामा ७ करोड ८३ लाख राजश्व
मेचीनगर, १३ फागुन । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिव सात करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । मेचीनगर नगरपालिकाका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालु आर्थिक वर्ष २०८१ को साउनदेखि पुस मसान्त सम्ममा आन्तरिकको विभिन्न शिर्षकको करबाट ७ करोड ८२ लाख ८३ हजार ९९४ रुपैयाँ १६ पैसा राजश्व संकलन गरेको […]
पूरा पढ्नुहोस्
भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर १३ फागुन । भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले […]
पूरा पढ्नुहोस्
चन्द्रगढीलाई हराउँदै आदर्श युवा क्लब सेमिफाइनलमा
नकलबन्दा । आदर्श युवा क्लब नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सडन डेथमा चन्द्रगढी युवा क्लबलाई हराउँदै आदर्श युवा क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १२ औँ मिनेटमा चन्द्रगढीका जर्सी नम्बर ३० का खेलाडी साहिल धिमालले टिमका लागि गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी
मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ । संघिय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयल अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले गोरखा पत्रमा प्रकाशित सूचनामा डिपिआरका लागि आवहनमा मेचीनगरको मुख्य बजारहरुमा ढल […]
पूरा पढ्नुहोस्