मेचीनगरमा सञ्चालित कुक, बारिष्टा र ब्रिज कोर्सको सम्बन्धी एक महिने तालिम सम्पन्न

2025-06-27 मा प्रकाशित

धुलाबारी, १३ असार । दलित समन्वय समिति मेचीनगरको आयोजनामा सञ्चालित एक महिने कुक, बारिष्टा र ब्रिज कोर्स सम्बन्धी तालिम शुक्रबार (आज) सम्पन्न भएको छ ।
मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित समापन कार्यक्रममा एक महिने तालिममा सहभागि भएका ६५ जना युवा–युवतीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।


तालिम लिएर दक्ष भएका उनीहरुलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यबहाक नगरप्रमुख एवम् वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वस्नेत, दलित संघ झापाका सभापति दलबहादुर विक, दलित संघ मेचीनगर सभापति द्रोण बागदास, मुक्ति समाज मेचीनगरका अध्यक्ष दिलबहादुर विक, दलित समन्वय समितिका सल्लाहकार ध्रुब कनाल, सहयोगी नेपालका अध्यक्ष डीयल राजबंशी, मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी लगायतले तालिममा सिकेको सीपलाई व्यहारमा उतार्न आग्रह गरेका थिए ।


१ महिने तालिममा मेचीनगरका ६५ जना सहभागी रहेका थिए । कुकको तालिममा २० जना, बारिष्टाको तालिममा २० जना र ब्रिज कोर्स(पीसीएल नर्सिङ) को तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
कुकको तालिममा सहभागीलाई कविर राजबंशी, बारिष्टाको तालिममा सहभागीलाई फिलिप लिम्बु र ब्रिज कोर्स तालिममा सहभागीलाई सुजन तिवारीले प्रशिक्षण दिएका थिए ।
गत जेठ १२ गते धुलाबारी स्थित राधास्वामीको भवनमा कुक, बारिष्टा र ब्रिज कोर्स(पीसीएल नर्सिङ) को तालिमको उद्घाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए । उक्त तालिम सञ्चालनका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
मेचीनगरस्तरीय दलित समन्वय समिति मेचीनगरकी अध्यक्ष रीता परियाको अध्यक्षतामा सम्पन्न कार्यक्रको स्वागत उपाध्यक्ष लक्ष्मी परियारले र सञ्चालन सचिव कविता मिजार खनालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु