ब्यानर न्यूज

मेचीनगरका माझी समुदायले मनाए घैलाडुब्बा नदीमा कोशी पूजा तथा लदी पर्व

मेचीनगर । खोलालाई भगवानको रुपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मंगलबार धुमधामका साथ मौलिक पर्व कोशी पूजा तथा लदी पर्व मनाएका छन् । नेपाल माझी उत्थान संघ मेचीनगर समितिको आयोजनामा समेत भब्य रुपमा यो पर्व सम्पन्न भएको छ । मेचीनगरका माझी समुदाय कोसीपर्व मनाउन मंगलबार बिहान स्थानीय घैलाडुब्बा नदी पुगे । नदीको किनारमा मौलिक […]

पूरा पढ्नुहोस्

चुनाव अब कुनै बहानामा रोकिँदैन : उपसभापति शर्मा

मेचीनगर । नेपाली काँग्रेसका उपसभापति एव् निर्वाचन परिचालन मुल समितिका संयोजक विश्व प्रकाश शर्माले आसन्न प्रतिनिधि सभाको निर्वाचन कुनैपनि बहानामा नरोकिने बताएका छन् । नेपाल प्रेस युनियन झापाले सोमबार बिहान धुलाबारीमा आयोजना  गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले चुनाव अब कुनै बहानामा नरोकिने दाबी गरे । उनले चुनावप्रति प्रमुख दलकै नेतृत्वबाट आशंका गर्नु वा पूर्वराजाले चुनावअघि […]

पूरा पढ्नुहोस्

कन्भेन्टमा विज्ञान प्रदर्शनी, आफ्ना नानीहरुको प्रतिभा देखेर अभिभावक दंग

धुलाबारी । मेचीनगर – १० स्थित कन्भेन्ट इङ्लिस स्कूल परिसर सोमबार बेहुली झैं सिँगारिएको थियो । सँधै विद्यार्थी खेल्ने चौर, पण्डाल र तोरनले सजिएको थियो । आकर्षक पण्डालमा बिभिन्न स्टल निर्माण गरेर विद्यार्थीहरुद्वारा निर्मित बिभिन्न आकर्शक सीप एवम विज्ञानका सामग्री प्रदर्शनीमा राखिएको थियो । देख्दा यस्तो लाग्थ्यो विद्यालय परिसरमा कुनै मिनी मेला चलिरहेको छ । […]

पूरा पढ्नुहोस्

दुर्गा मन्दिरमा आजबाट श्रीमद् देवी भागवत महापुराण सुरु

मेचीनगर । मेचीनगर ८ स्थित श्री दुर्गा मन्दिरमा आजबाट ९ दिवसीय श्रीमद् देवी भागवत महापुराण सुरु भएको छ २०३८ सालमा स्थापित सो मन्दिरमा पहिलोपटक बृहत धार्मिक अनुष्ठान आयोजना गरिएको हो । समाजमा धार्मिक जागरण सञ्चाल गर्दै संस्कारमुलक समाज निर्माण गर्न तथा मन्दिर परिसरमा थप केही संरचनाहरु नर्माण गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर […]

पूरा पढ्नुहोस्

देशमा सुशासन र समृद्धिकोलागि कांग्रेसको विकल्प छैन : उम्मेदवार पाण्डे

मेचीनगर । नेपाली कांग्रेसका तर्फबाट झापा १ का उम्मेद्वार केशवराज पाण्डेले देशमा सुशासन र समृद्धिकोलागि कांग्रेसको विकल्प नभएको बताएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा मतदाताको घर दैलो पुगेका पाण्डेले मतदातताहरुको गुनासोलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । ‘कांग्रेस इतिहास बोकेको पुरानो र अभिभावक पार्टी हो । देशमा आइपरेका हरेक संकटमा कांग्रेसले […]

पूरा पढ्नुहोस्

जेपिएफसी बागडुगरा प्रथम महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

मेचीनगर । पाहुना टोली भारतको जेपिएफसी बागडुगरा काँकरभिट्टामा जारी प्रथम महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत बिहिवार सम्पन्न खेलमा भद्रपर झापा गोल्डकप महिला फुटबल टिमलाई २–० गोल अन्तरले पराजित गर्दै जेपिएफसी बागडुगरा अन्तिम चारमा सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हापमा दुवै टोलीले प्रतिष्पर्धात्मक खेल्दै गोलरहित टुङ्गाएका थिए […]

पूरा पढ्नुहोस्

कांग्रेसले नीति सहित नेतृत्व परिवर्तन गर्याे, अब देश बदल्ने अभियानमा छ : उपसभापति शर्मा

मेचीनगर । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले जेनजी भावना अनुसार कांग्रेस रुपान्तरित भएको बताउँदै देशको समृद्धि र विकासकोलागि आगामी चुनामा कांग्रेसले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । मेचीनगरको धुलाबारीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘युवाहरुको भावनालाई बुझेर कांग्रेस रुपान्तरित भएको छ । कांग्रेसले नेतृत्व मात्र होइन नीति […]

पूरा पढ्नुहोस्

कांग्रेसले सुदुर पूर्वबाट विजयको विगुल फुक्छ : उम्मेदवार पाण्डे

मेचीनगर,१३ माघ । झापा – १ का प्रतिनिधि सभा उम्मेदवार केशवराज पाण्डेले नेपाली कांग्रेस जेन–जी भावना अनुसार रुपान्तरित भएकोले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आम मतदाताहरुले अमूल्य मत दिएर सुदुरपूर्वबाट नेपाली कांग्रेसले विजयीको विगुल फुक्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । नेपाली कांग्रेसले मंगलबार मेचीनगर ५ मा आयोजना गरेको चुनाव प्रचार […]

पूरा पढ्नुहोस्

धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम सम्पन्न

धुलाबारी, ३ माघ । नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो ९घोडा वर्ग सोनाम ल्होछार० अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायहरुले एकआपसमा शुभकामना साटासाट गरेर पर्व मनाएका हुन् । ‘नेपाल राष्ट्रिय शान, हाम्रो भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ तामाङ तथा […]

पूरा पढ्नुहोस्

तराई प्रेस क्लब दार्जिलिङले जित्यो मिडिया कपको उपाधि

काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराइ प्रेस क्लब दार्जिलिङले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मिरिक दार्जिलिङले उपाधि जितेको हो । तराईले उपाधिसँगै नगद ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता बनेको भद्रपुरले नगद २५ […]

पूरा पढ्नुहोस्