ब्यानर न्यूज

मेचीकृषक बहुमुख सहकारी संस्थाको २६ औं वार्षिक उत्सवको अवसरमा सम्मान

मेचीनगर । मेचीकृषक बहुमुख सहकारी संस्थाको २६ औं वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । मेचीनगर –८ स्थित श्री कृष्ण व्यासाश्रममा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहकारी संस्थाले बिभिन्न व्याक्तित्वहरुलाई सम्मान गरेको थियो । सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सहकारीले मेचीनगर – १० निवासी सहकारी अभियान्ता दुर्गा खतिवडालाई सम्मान गरेको छ । उनलाई स्व. डिकबहादुर स्मृति […]

पूरा पढ्नुहोस्

साविक दुवागढी स्तरीय पुरुष तथा महिला कबड्डी प्रतियोगिताको उपाधि वडानम्बर ६ र ७ जित्यो

मेचीनगर । मेचीनगर – १४ वडा कार्यालयको आयोजनामा सञ्चालित साविक दुवागढी स्तरीय  महिता तथा पुरुष कबड्डी प्रतियोगिता शनिबार सम्पन्न भएको छ । साविक दुवागढी स्तरीय प्रतियोगिताको पुरुष तर्फको खेलमा वडानम्बर ६ ले उपाधि रच्न सफल भएको छ भने महिला तर्फको खेलको उपाधि साविक वडानम्बर ७ ले हात पार्याे । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा साविक दुवागढीका […]

पूरा पढ्नुहोस्

वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर

मेचीनगर । मेचीनगर – २ स्थित बौद्धमोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा सञ्चालित शिविरमा ८६ जनाले निः शुल्क स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ । शिविरमा विशेषगरी बाथ रोग, पायल्स, ग्यास्ट्रिक, हार्डजोर्नी तथा नशाको समस्या भएका विरामीहरु स्वास्थ उपचारको लागि आउनु भएको पिजियोथेरापी सेवाका सञ्चालक […]

पूरा पढ्नुहोस्

साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रको एकाईगत साधारण सभा सम्पन्न

इटाभट्टा । साहारा नेपाल साकोसले एकाईगत साधारण सभालाई तीब्रता दिएको छ । सहकारीले एकाईगत साधारण सभा अन्तर्गत मंगलबार इटाभट्टा सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । मेचीनगर –८ स्थित किरात याक्थुङ् चुम्लुङको सभाहलमा आयोजित साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरेको छ । सहकारीले उत्कृष्ट बचत कर्ता तर्फ शान्तिराम […]

पूरा पढ्नुहोस्

पशुपति अंग्रेजी माविमा ‘मिनी एक्सपो’ विद्यार्थीलाई सीप सिकाएर दक्ष बनाउँदै पशुपति

मेचीनगर । मेचीनगर – ६ स्थित पशुपति अंग्रेजी मावि परिसर शुक्रबार दिउँसो अभिभावक र विद्यार्थीहरुले खचा खच भरियो । विद्यालय परिसर यस्तो लाग्थ्यो, विद्यालयमा कुनै महोत्सव चलिरहेको छ । विद्यालयको परिसर तथा कक्षा कोठामा बिभिन्न आकर्षक सामाग्री प्रदर्शनमा राखिएको थियो । सो सामाग्री नियाल्ने र खरिद गर्नेहरु उत्साहित देखिन्थे । कार्यक्रमलाई विद्यालयले ‘मिनी एक्सपो’ नाम […]

पूरा पढ्नुहोस्

ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वता

मेचीनगर।  मेचीनगर –२ स्थित ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वता घिमिरे न्यौपाने सर्वसम्मत चयन हुनु भएको छ । सहकारी संस्थाको बुधबार सम्पन्न १० औं वार्षिक साधारण सभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यहाँ स्थित नेपाल राष्ट्रिय अपाङ्ग पुनःस्थापना समितिको सभाहलमा आयोजित साधारण सभाबाट […]

पूरा पढ्नुहोस्

जिल्ला स्तरीय भलिबल प्रतियोगितामा एभरेष्ट बन्यो दोस्रो, विद्यालयद्वारा खेलाडी विद्यार्थीहरुलाई सम्मान

मेचीनगर । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविले सोमबार खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । प्याब्सन झापाको आयोजनामा हालै सम्पन्न जिल्ला स्तरीय भलिवल प्रतियोगितामा दोस्रो स्थान हासिलगरी विद्यालयको गौरव बढाएको भन्दै विद्यालयले खलाडी विद्यार्थीहरुलाई खादा ओढाएर सम्मान पत्र सहित सम्मान गरेको हो । प्याब्सन मेचीनगरको हालै सम्पन्न स्पोर्ट मिट २०८२ मा सहभागि विद्यालयहरुलाई […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा सुरक्षित खानेपानी विषयक अन्तरक्रिया सम्पन्न

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत रहेको पानी सुरक्षा टोलीको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित  अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै पानी परीक्षण प्रयोगशाला क्षेत्रीय कार्यालय इटहरीका कार्यालय  प्रमुख रमेश यादबले सुरक्षित र शुद्ध पानी पिउनाले ७० प्रतिशत रोग अन्त्य हुने दावी गरे । काँकरभिट्टा खानेपानी संस्थाको […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारण सभा धमाधम हुँदै, आज क्षेत्र २ को साधारण सभा सम्पन्न

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक  साधारण सभा अन्तर्गत बिहीबार क्षेत्रनम्बर २ को क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ । सहकारीले बिहीबार मेचीनगर –८ स्थित श्री कृष्ण व्यासाश्रमको सभाहलमा साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभामा सहकारीको क्षेत्रनम्बर २ अन्तर्गत मेचीनगर ५ र ८ का सदस्यहरु सहभागि बनेका […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारण सभा सुरु

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा सुरु भएको छ । मेचीनगर – ७ मा मुख्य कार्यालय रहेको सहकारीले बुधबार आजबाट क्षेत्रगत रुपमा साधारण सभा सुरु गरेको हो । सहकारीले बुधबार मेचीनगर –२ भृकुटी स्थित ज्येष्ठ नागरिकको सभाहलमा साधारण सभा गरेर क्षेत्रगत साधारण सभाको शुभारम्भ गरेको छ । सो […]

पूरा पढ्नुहोस्