ब्यानर न्यूज
आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यकछ : शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको समृद्धिको खाका आफैले कोरेकोले अव आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यक रहेको बताएका छन् । झापा– १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शर्माले सोमबार मेचीनगर – २ स्थित दीपज्योति टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पार्टीमा युवाले […]
पूरा पढ्नुहोस्
उम्मेद्वारसँग प्रतिबद्धता- जातीय अधिकारका निम्ति आवाज उठाइरहने छु : शर्मा
झुलन /कृष्ण /डम्बर काँकरभिट्टा । प्रमुख राजनीतिक दलका झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुसँग आदिवासी जनजाति समुदायले अन्तरक्रिया गरेको छ । आदिवासी जनजाति महासंघ झापाको आयोजनामा विहीबार सामुदायिक भवन काँकरभिट्टामा आयोजित कार्यक्रममा जातीय अधिकारका विषयमा उम्मेद्वारसँग प्रतिबद्धता माग गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश […]
पूरा पढ्नुहोस्
मेचीनगर– ५ का विभिन्न जातजातिलाई महासंघले बाड्यो जातीय भेषभूषा
डम्बर बराल सुरेन्द्रनगर । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद् मेचीनगर –५ ले आइतबार वडामा रहेका आदिवासी बिभिन्न जातजातिलाई जातीय भेषभूषा वितरण गरेको छ । यहाँ स्थित माङहिम परिषरमा आयोजित कार्यक्रममा वडामा रहेका राई, मगर, लिम्बू, उराउ,नेवार, धिमाल, राजवंशी र तामाङ समुदायलाई उनीहरुको जातीय भेषभूषा वितरण गरिएको हो । आदिवासी जनजाति महासंघ झापाका उपाध्यक्ष […]
पूरा पढ्नुहोस्
‘कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देखाउने छौँ ’
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई जिताएर विकासको अनुभूति दिलाउने बताएका छन् । मेचीनगर–७ को इटाभट्टामा शनिबार संयुक्त चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै शर्माले भने, ‘कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देखाउने छौँ ।’ नेता […]
पूरा पढ्नुहोस्
अब राजनीतिक रुपान्तरण जरुरी छ : शर्मा
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले राजनीतिमा रुपान्तरण जरुरी भएको बताएका छन् । विहीबार मेचीनगर–६ को काँकरभिट्टास्थित भट्टराई चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राजनीतिक भित्र भएको अन्यायविरुद्ध रुपान्तरण आवश्यक रहेको बताएका हुन् । ‘हिजो व्यवस्था परिवर्तन गर्न पठाएका व्यक्ति पार्टीभित्रै अन्यायमा […]
पूरा पढ्नुहोस्
विश्व पर्यटन दिवसमा काँकरभिट्टामा प्रभात फेरी
डम्बर बराल काँकरभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन् कार्यालय काँकरभिट्टाले प्रभात फेरी निकालेको छ । कार्यक्रममा होटल व्यवसायी, टुर एण्ड ट्राभल्स , जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । र्यालीेले काँकरभिट्टा बजारको परिक्रमा गरेको थियो । र्याली पछि पर्यटन कार्यालय परिषरमा औपचारिक कार्यक्रम गरियो । कार्यक्रमको उद्घाटन् मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र […]
पूरा पढ्नुहोस्
धुलाबारी क्याम्पसले शैक्षिक फड्को मार्याे, अव यसै शैक्षिक सत्रबाट व्याचलर इन सिभिल इन्जिनियरिङ पढाइ हुने
डम्बर बराल धुलाबारी, ६ असोज । धुलाबारी क्याम्पसमा यस शैक्षिक सत्रबाट व्याचलर इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ । क्याम्पसले बुधबार क्याम्पसको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर विइ सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख पुष्पराज पौडेलले लामो संघर्षपछि धुलाबारी क्याम्पसमा उक्त प्राविधिक शिक्षा ल्याउन सफल भएको बताए । […]
पूरा पढ्नुहोस्
चरा चिन्ने देवेन्द्र
डम्बर बराल मेचीनगर । मानिसका विभिन्न इच्छा, चाहना र उद्देश्य हुन्छन् अनि उनीहरु त्यो उद्देश्य प्राप्तिको लागि निरन्तर सक्रिय रहन्छन् । जीवनमा धेरैको उद्देश्य आर्थिक उपार्जन गर्नु नै हो । यसको लागि कोही उद्योग व्यवसाय, कोही जागिर खान्छन् कोही बैदेशिक रोजगारीमा जान्छन् त कोहीे राजनीतिलाई जीवनको उद्देश्य ठान्छन् । समाजको यस्तो भीडमा फरक सोच भएका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सुरु भयो ‘जनतासँग काँग्रेस’ अभियान
मेचीनगर । नेपाली काँग्रेस मेचीनगरले शनिबारदेखि ‘जनतासँग काँग्रेस’ अभियान सुरु गरेको छ । प्रदेश तथा संघीय निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसले टोलटोलमा काँग्रेस जिताउ अभियान सुरु गरेको हो । नगर समितिको संयोजन तथा वडा समितिको आयोजनामा सुरु भएको अभियान नगरका १५ वटै वडामा सञ्चालन गरिने नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुले बताए । उनले नेताले सुन्ने […]
पूरा पढ्नुहोस्
नारी सञ्चार गृहले घोषणा गर्याे , एक लाख राशीको पत्रकारिता पुरस्कार
विर्तामोड, १८ भदौ । झापाली महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृहले एक लाख रुपैयाँको पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ । गृहको ११ औं स्थापना दिवसमा आज यहाँ आयोजित समारोहमा संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दुई वर्षमा एकपटक वितरण गर्नेगरी एक जना पत्रकार महिलालाई १ लाख १ हजार १ सय रुपैयाँ नगदराशीको पत्रकारिता पुरस्कार दिइने […]
पूरा पढ्नुहोस्