ब्यानर न्यूज
धुलाबारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन
धुलाबारी, ९ पुस । ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगर–१० स्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । शनिबार होटल रोयल निर्भानमा आयोजित एक कार्यक्रमकाबीच झापा १ प्रदेश (क) का प्रदेश सभा सदस्य गोपाल तामाङले बैंक शाखा कार्यालयको औपचारिक उद्घाटन गरे । औपचारिक कार्यक्रम पूर्व प्रमुख […]
पूरा पढ्नुहोस्
मेचीनगरमै रहेछ ‘वृन्दावन’
मेचीनगर । मेचीनगरमै ‘वृन्दावन’ छ भनेर सबैलाई विश्वास नलाग्न सक्छ । तर, मेचीनगर–३ को तेलपानी वन क्षेत्र पुगेर आउनेले आनन्दको अनुभूति लिएर फर्किन सक्छन् । प्राकृतिक छटाले भरिपूर्ण उक्त वनलाई स्थानीयले वृन्दावनको रुपमा चिनाएका हुन् । त्यहाँ पुग्ने जो कोहीले बास्तविक वृन्दावनको अनुभूति गर्न पाउँछन् । वरिवरि जंगल, एकान्त र शान्त डाँडामा पुग्ने पर्यटकले नयाँ […]
पूरा पढ्नुहोस्
पाँचौ हिमालयन अन्तर्राष्ट्रिय सुन्तला महोत्सव सम्पन्न
कोलकाता । भारतको कोलकातामा शुक्रबारदेखि आयोजित पाँचौ हिमालयन अन्तर्राष्ट्रिय सुन्तला महोत्सव सम्पन्न भएको छ । कोलकाताको साँल्ट लेक सिटिसेन्टरमा तीनदिने अन्तर्राष्ट्रिय महोत्सवको समापन पश्चिम बङ्गालका पर्यटन मन्त्री बबुल सुप्रियोले गरेका हुन् । नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहेको उक्त महोत्सवमा भारतका पुर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन भाइचुङ भुटियालगायल अन्य थुप्रै चर्चित व्यक्तिहरूले अवलोकन गरेका […]
पूरा पढ्नुहोस्
झापा(१) विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले बिजयी
मेचीनगर, ७ मंसिर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् । शर्माले ३९ हजार ६२४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत पाएका छन् । निर्वाचित […]
पूरा पढ्नुहोस्
झापा १ :विश्वप्रकाशको अग्रताले छलाङ् मार्याे ७६९७ मत गणना हुँदा शर्मा १६०२ मतले अगाडि
मेचीनगर, ५ मसिंर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतगणनाको शुरूवातमै फराकिलो अग्रता कायम गरेका छन् । झापा १ मा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले नेकपा एमालेका अग्नी खरेललाई १६०२ मतले पछि पारेका छन् । भर्खरै ७ हजार ६ सय ९७ मतगणना हुदा काँग्रेसका शर्माले ३९६१ पाउँदा एमालेका खरेलले २३५९ मत पाएका छन् । त्यस्तै राष्टिय […]
पूरा पढ्नुहोस्
गठबन्धन उम्मेदवार जिताउन धुलाबारीमा शक्ति प्रदर्शन
धुलाबारी, १ मंसिर । चुनावी प्रचारको अन्तिम दिन आज (विहीबार) लोकतान्त्रिक बाम गठबन्धन दलहरुले धुलाबारीमा शक्ति प्रदर्शन गरेका छन् । झापा क्षेत्र नं १ अन्तर्गत वडा नं. ९, १० र १५ केन्द्रित कोणसभामा हजारौँ गठबन्धनका समर्थकहरु सहभागी भएका हुन् । हजारौँ समर्थक सहभागीले संघका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश (क) का उम्मेदवार गोपाल तामाङ, (ख) का […]
पूरा पढ्नुहोस्
गठबन्धनको कोणसभा– चुनावदेखि विरोधी शक्तिहरु डराए
मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं. १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभामार्फत प्रचार अभियान सुरु गरेका हुन् । गठबन्धन दलहरुले उम्मेदवार उपस्थित गराएर मंगलबार एकैदिन तीन ठाउँमा कोणसभा गरेका छन् । गठबन्धनमा यसकारण मत दिने कारणसहित कोणसभा आयोजना गरिएको हो । झापा […]
पूरा पढ्नुहोस्
‘गठबन्धनको जित नै जनताको जित हो’
झापा, २५ कात्तिक । बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट तलमाथि नगरी आफ्ना उम्मेद्वारलाई मतदान गर्न अपिल गरेका छन् । शुक्रवार चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त […]
पूरा पढ्नुहोस्
झापा-१ का मतदाता भन्छन : गठबन्धनलाई जिताउन आतुर छौं
मेचीनगर । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन १० दिन बाँकी रहँदा गठबन्धन दलका उम्मेदवार थप उत्साहका साथ मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् । मतदान गर्ने दिन नजिकिँदै जाँदा मतदातासमेत गठबन्धनलाई भरोसा गर्न थालिसकेका छन् । उनीहरु आफ्ना समस्यालाई गठबन्धनले सम्बोधन गरे आफूहरुको पूर्ण सहयोग रहने उम्मेदवारलाई विश्वास दिलाइरहेका छन् । झापा क्षेत्र नम्बर १ […]
पूरा पढ्नुहोस्
पार्टी प्रवेशको लहरले गठबन्धनका उम्मेद्वार थप उत्साही
काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२ मा एमालेका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने मंगलवार (आज) मेचीनगर–६ काँकरभिट्टामा ५० जना एमालेका सक्रिय […]
पूरा पढ्नुहोस्