असी प्रतिशत काम सम्पन्न गर्याैँ : वडाध्यक्ष कनकबहादुर कार्की

2023-04-25 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । राज्य पुनः संरचना पछि दुईपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा सहित आएको संघीयता कायान्वयनमा निक्कै चुनौति भइरहेको भएपनि स्थानीय तह अधिकार सम्पन्न हुँदा विगत ६ वर्षयता जनप्रतिनिधिहरु आफ्नो वडाको मुहार फेर्ने अभियानमा कस्सिएका छन् ।
२० वर्षसम्म देशमा कर्मचारीतन्त्र हावी हुँदा विकासले नदेखेका र नछोएका वडाहरु क्रमश काँचुली फेरिने क्रममा छन् ।
२०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनले विकास निर्माणको खाका कोर्याे । समाज रुपान्तरणको लागि थप उत्साह बोकेर दोस्रो पटक २०७९ मा निर्वाचित जनप्रतिनिधिहरु भौतिक पूर्वाधार सहित शिक्षा, स्वास्थ्य कृषि लगायतका विषयमा ध्यान केन्द्रित गरिरहेका छन् ।
मेचीनगर–५ ले समेत यतिखेर विकास निर्माण अभियानलाई तीब्र पार्दै लगेको छ । सो वडामा कालोपत्रे सडक सञ्जाल जोडिने क्रम बढ्दो छ । यस वडामा झापा मार्ग र सुरेन्द्रनगर मार्गमा कालोपत्रे सडक निर्माण भएका छन् भने अन्य सडक क्रमशः कालोपत्रेको चरणमा रहेका छन् ।
यसै आर्थिक वर्षमा मेचीनगर–८ स्थित दुर्गा मन्दिरबाट पूर्व राममन्दिर जोड्ने सडक समेत कालोपत्र हुने गरी निर्माण प्रक्रिया सुरु भएको छ । यस अघि निर्वाचित जनप्रतिनिधिहरुद्वारा प्रत्येक वडामा २ किमि कालोपत्रे सडक निर्माण अभियानको थालनी भएको थियो ।
दोस्रो पटक स्थानीय तहरुको निर्वाचन भएको १० महिना लाग्दा यस आर्थिक वर्षको बजेटको ८० प्रतिशत काम सम्पन्न भएको वडाध्यक्ष कनकबहादुर कार्कीले बताए । ‘हामीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य कृषि लगायतका धेरै कामलाई एकसाथ अघि बढाएका छौँ,’ वडाध्यक्ष कार्कीले भन्नुभयो, ‘यहाँका जनताको थुप्रै अपेक्षा छन् । मतदाताले हामीसँग भरोसा गर्नु भएको छ । हामी सम्मुनत वडा निर्माणको अभियानमा लाग्नेछौं ।’


वडामा यस आर्थिक वर्षमा ५५ लाखको लागतमा चारवटा कल्र्भट निर्माण सम्पन्न भएको छ भने आदर्श टोलको आदर्श मार्ग र नकलबन्दा चिया बगान पूर्वको सडकमा १२ लाखको लागतमा ड्रेन निर्माण सम्पन्न भएको छ ।

यसै आर्थिक वर्षमा वडा तथा नगरको ६० लाखको लागतमा सुरेन्द्रनगर मार्गको पूर्वतर्फ झापा मार्ग जोड्ने सडक खण्डमा ४०० मिटर कालोपत्रे सडक निर्माणको प्रक्रिया अघि बढेको वडाध्यक्ष कार्कीले बताउनु भयो । वडाले नदी कटान क्षेत्रमा १० लाखको लगातमा तटबन्धन गरेर नदी नियन्त्रणको थालनी गरेको छ ।

त्यसैगरी महिला दिदी बैहिनीहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले वडाले सिममुलक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । ढाकाको साडी तथा सल बुन्न महिलालाई प्रोत्साहित गर्न वडाले यस आर्थिक वर्षमा २ लाख रकम विनियोजन गरेको थियो ।
भौगाोलिक रुपमा विकट मानिएको सो वडामा अत्यधिक खोल्सी रहेकाले वडाले सडक सञ्जाललाई जोडन आवश्यक बिभिन्न ठाउँमा ह्यूम पाइप विस्तारलाई समेत अगाडि बढाएको छ । यस आर्थिक वर्षमा वडाले ५० लाख ५० हजारको लागतमा विभिन्न खोल्सीहरुमा ह्यूम पाइप खाख्ने तयारी समेत सुरु गरेको छ भने केही नयाँ सडक निर्माण तथा सडक स्तर उन्नतिको काम समेत सुरु गरेको छ ।
वडाले आर्थिक रुपमा अत्यन्तै कमजोर परिवारको छनोट गरी १४६ घरपरिवारलाई निशुल्क रुपमा खानेपानीको धारा उपलब्ध गराएको वडा सदस्य पुष्पकुमार गेलालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले विपन्न राहत कार्यक्रम ल्याएको छौं । विपन्न परिवारको पहिचान गरी उनीहरुलाई समाजमा स्थापित गर्नु छ ।’ वडाले यसै आर्थिक वर्षमा २५ घरपरिवारलाई निशुल्क रुपमा शौचालयको निर्माण अभियान सुरु गरेको छ भने ५६ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा तथा ४ लाख मूल्य बराबरको १९ घरपरिवारलाई जस्तापाता वितरण गरेको वडा सदस्य गेलालले जानकारी दिनु भयो ।


उज्यालो वडा अभियानमा अघि बढेको मेचीनगर–५ ले ३ लाख ८५ हजारको लागतमा सडक बत्ती विस्तालाई समेत तीब्रता दिइरहेको छ । वडा बासीलाई सहज ढंगबाट विद्युत उपलब्ध गराउन वडाले थप १०५ वटा विद्युत पोल सम्बन्धित ठाउँमा माग गरेको र भोल्टेज विस्तारको लागि थप तीनवटा ट्रान्स फार्मरको व्यवस्थापन गरिरहेको वडाले जनाएको छ । वडाले सिँचाइको भरपर्दाे प्रबन्ध गर्न डिप बोरिङ तथा पैनीको मुहान व्यवस्थित गर्ने तयारी थालेको छ ।
२४ वटा टोलमा १३ सय घरधुरी सहित ५५सय जनसंख्या रहेको सो वडामा क्षेत्री, बाहुन, सन्यासी, राई, लिम्बू लगायत १७ जातजातिको बसोबास रहेको छ । धार्मिक सहिष्णुता रहेको सो वडामा ऐतिहासिक धार्मिक स्थल घैलाडुब्बा शिवालय मन्दिर रहेको छ ।
महाभारतकालीन इतिहाससँग जोडिएको यो मन्दिर पुनः निर्माणको लागि पुरातत्विक विभागले अध्यन अनुसन्धान सकेर मन्दिर निर्माणको काम गरिरहेको छ । पूर्वमा मेची नदी, पश्चिममा ८ र ३ को सीमाना तथा उत्तरमा ३ र ४ को सिमाना र दक्षिणमा ८ र ६ वडासँग यसको सीमा जोडिएको छ । राज्य पुनः संरचना पछि साविक मेचीनगर ८ र १३ वडा समायोजन भएर यो वडा निर्माण भएको हो । यस वडामा एउटा प्राथमिक स्वास्थ्य चौकी रहेको छ भने एनएमसी चिया उद्योग र एड्भान्स टपरी उद्योग रहेको छ ।
निशुल्क शिक्षाको पहुँच वडामा स्थापित गर्न यस वडामा दुईवटा सामुदायिक विद्यालय स्थापन भएका छन् भने एउटा स्थागत विद्यालय रहेको छ । यहाँका जनताले नगदेबालीको रुपमा चिया व्यवसायलाई रोजेर आफ्नो खेतीयोग्य जमिनमा चिया रोपण गरेका छन् । अग्ला होचा डाँडा र चिया बगानले सुन्दर रमणीय यो क्षेत्रलाई चिया पर्यटनको रुपमा विकास गर्न सकिने उत्तिकै सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु