मुख्य खबर
बाहुण्डाँगीका हात्ती पीडित आफ्नो पीडा सुनाउँन आज मेचीनगरपालिका जाँदै
डम्बर बराल मेचीनगर । वर्षाैदेखि हात्तीबाट प्रताडित हुँदै आएका बाहुण्डाँगी बासीहरु हात्ती समस्याको दीगो समाधान खोज्न आज मेचीनगरपालिका जाने भएका छन् । उनीहरुले हात्ती पीडित संघर्ष समिति गठन गरेर आज बृहत र्याली सहित नगरपालिका पुगेर नगरको ध्यानाकर्षण गराउने भएका हुन् हात्ती पीडित संघर्ष समितिले बुधबार बाहुण्डागी स्थित भोर्लेनीमा पत्रकार सम्मेलन आयोजना गरेर बाहुण्डाँगी बासीको पीडा […]
पूरा पढ्नुहोस्
धुलाबारीमा शुरु भयो ‘बार टेण्डर’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम
मेचीनगर । धुलाबारीमा झापा जिल्लाभरका युवायुवतीलाई लक्षित गरी ‘बार टेण्डर’ सम्बन्धी १० दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । होटल एशोसिएशन नेपाल काठमाण्डौं तथा कोशी प्रदेशको प्रायोजन र होटल व्यवसायी संघ झापाको आयोजनामा तथा होटल व्यवसायी संघ मेचीनगरको समन्वयमा आजबाट तालिम शुरु भएको हो । धुलाबारी स्थित अतिथि हस्पिटालिटिमा शुरु भएको तालिममा २० जना […]
पूरा पढ्नुहोस्
‘अन्तराष्ट्रिय पर्यटकलाई आकर्शित गर्न हाम्रो आचरण र व्यवहारमा सुधार ल्याउनु पर्छ’
मेचीनगर । अन्तराष्ट्रिय पर्यटकहरुलाई हाम्रो व्यवहार, आचरण र उनीहरुलाई गरिने सत्कारले प्रभाव पार्ने भएकोले हाम्रो आचरणमा सुधारल्याउनु पर्ने सरोकारवालाहरले बताएका छन् । होटल व्यवसयीसंघ र पर्यटन कार्यालयले सोमबारबाट काँकरभिट्टामा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागिहरुले अन्तराष्ट्रिय पर्यटकहरुलाई पूर्वी नाकाबाट कसरी बढी भन्दा बढी भित्राउन सकिन्छ र त्यसकालागि कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा खुलेर […]
पूरा पढ्नुहोस्
मेचीनगरमा प्रविधियुक्त ‘योजना बैंक’ प्रणालीको तयारी, नगरले थाल्यो वडास्तरीय छलफल
मेचीनगर । मेचीनगर नगरपालिकाले सूचना प्रविधिमा आधारित प्रणाली तयार गरेर योजना बैंक बनाउने भएको छ । सो अभियान सफल पार्न यतिखेर मेचीनगरले नगरका १५ वटै वडाहरुमा छलफललाई तीब्र पारेको छ । सोमबार मेचनगर –५ मा आयोजित वडा भेलामा प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले हरेक टोलमा विकास निर्माणसँग जोडिएका बिभिन्न किसिमका योजनाहरु लिपीवद्ध गर्ने काम […]
पूरा पढ्नुहोस्
शान्तिपूर्ण आन्दोलनमा बल प्रयोगको भन्दै राप्रपाले गर्यो भर्त्सना, कार्यकर्ता रिहा नभए थप आन्दोलन घोषणा गर्ने
काठमाडौँ । राजसंस्था पक्षधर आन्दोलनमा आइतबार सरकारले बल प्रयोग गरेपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गरेको छ। बैठकले, राजसंस्था र हिन्दु राष्ट्रको पुनस्स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ गतेदेखि काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गरेको हो। प्रदर्शनका […]
पूरा पढ्नुहोस्
भौतिक पूर्वाधार सहित कृषि र शिक्षामा काम गरिरहेको छौं : वडाध्यक्ष सुब्बा
डम्बर बराल मेचीनगर । विगत ७ वर्षदेखि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा मेचीनगर १४ ले फड्को मार्दै गएको छ । देश संघीय लोकतन्त्रमा गएपछि पछिल्लो समय विकासले गति लिन थालेको हो । स्थानीय तहमा जनप्रतिनिधिहरुले बागडोर सम्हालेसँगै आफ्नो क्षेत्रको विकासमा उनीहरुको सक्रिय सहभागिता रहँदै आएको छ । ‘हामी निर्वाचित भएर आएसँगै भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, […]
पूरा पढ्नुहोस्
कृषकलाई सुपारी खेती सम्बन्धी तालिम दिँदै मेचीनगर
मेचीनगर । सुपारी खेती प्रर्वद्धनका लागि मेचीनगरले कृषकहरुलाई धमाधम तालिम दिइरहेको छ । नगरपालिकाले मेचीनगर–१, ९ र १२ नम्बर वडाका किसानलाई भारतबाट कृषिका विज्ञ व्यक्ति बोलाएर सुपारी खेती प्रर्वद्धन सम्बन्धी तालिम दिइरहेको छ । भारत सिलीगुडी निवासी कृषि विज्ञ डा.शरणकुमार रिजालले तालिममा सहभागी किसानहरुलाई प्रशिक्षण दिइरहेका छन् । मेचीनगर–१ का ४५ जना किसानलाई यही […]
पूरा पढ्नुहोस्
महिलाहरुलाई सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम
मेचीनगर । राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रमका लागि मेचीनगरमा सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम सुरु गरिएको छ । मेचीनगर नगरपालिकाले ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नारासहित राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रममा यहाँका महिलाहरुलाई सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम दिएको हो । मेचीनगर–८ स्थित सीप विकास […]
पूरा पढ्नुहोस्
आगलागीका कारण घर विहिन बन्यो अधिकारी परिवार, समयमा दमकल नपुग्दा स्थानीय आक्रोशित
मेचीनगर, ६ जेठ । मेचीनगर वडा नं. ९ थोप्लेबिरानका स्वस्तिका अधिकारीको घर मंगलबार बिहान हेर्दा हेर्दै एकै छिनमा खरानी भयो । विहान साढे ८ बजेतिरआगलागी सुरु हुनासाथ स्थानीयबासीले दमकल गुहारे पनि समयमा दमकल नपुगेपछि अधिकारी परिवार घर विहिन बनेको छ । उनीहरुले सबैभन्दा पहिला मेचीनगर नगरपालिकाकै दमकल बोलाए । तर, दमकल घटनास्थलमा आइपुग्दा आगोको लप्काले […]
पूरा पढ्नुहोस्
‘लैङ्गिक हिंसा अन्त्यको लागि साझा प्रतिवद्धता आवश्यक छ’
मेचीनगर । लैङ्गिक हिंसा अन्त्यको लागि मेचीनगरमा मंगबारबाट दुई दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । महिला तथा बालबालिका शाखाद्वारा आयोजित कार्यक्रममा सहभागिहरुले लैङ्गिक हिंसा अन्त्यको लागि महिला पुरुष दुबैको साझा प्रतिवद्धता आवश्यक रहेको बताएका छन् । पुरानो सोच र दृष्टिकोणलाई बदलेर नयाँ चेतनाको विकास गर्दै महिला पुरुष दुबैको साझा प्रतिवद्धताले हिंसा अन्त्य गर्न […]
पूरा पढ्नुहोस्