मुख्य खबर
“प्रथम निलसरी च्यालेन्ज कप” बेलबारी एफसी सेमिफाइनलमा प्रवेश
मेचीनगर । बेलबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ एफसी भारतलाई २(१ गोल अन्तरले पराजित गर्दै बेलबारी अन्तिम चारमा प्रवेश गरेको हो । योसंगै बेलबारीले आइतबार सेमिफाइनलमा रेडहर्स एफसी इलामसंगको भेट पक्का गरेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा निलसरी महोत्सव सुरु
मेचीनगर २२ वैशाख । झापाको मेचीनगरमा आजदेखि निलसरी महोत्सव सुरु भएको छ । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा गरिएको महोत्सव ऐतिहासिक पात्र निलसरी मेचेको नामबाट सञ्चालन गरिएको हो । मेचीनगर ७ स्थीत जोरसिमलमा आयोजना गरिएको महोत्सव उदघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जंगबहादुर राणाकी श्रीमति मेचीनगरकै निलसरी मेचेको नाममा महोत्सव […]
पूरा पढ्नुहोस्
विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपको उपाधि धाइजन एफसीको पोल्टामा
बाहुण्डाँगी । विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को उपाधि धाइजन एफसीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा धाइजन एफसीले रेडहर्ष इलामलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको छ । विजेता धाइजन एफसीले १ लाख ११ हजार रुपैयाँ र उपविजेता रेडहर्ष इलामले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे । […]
पूरा पढ्नुहोस्
निःशुल्क रुपमा चित्र कोरेर मन्दिर सिंगारदै केसाङ
सालघारी । मेचीनगरका केसाङ लामा यतिखेर कला अनि संस्कृतिका पर्याय जस्तै बनेका छन् । लामो समय काठमाडौंमा बसेर केही वर्ष अघि आफ्नै जन्म थलो मेचीनगर फर्किएका लामा बिभिन्न मठमन्दिरहरुमा निःशुल्क रुपमा आफ्नो कला प्रस्तुत गरिरहेका छन् । चित्र कलामा निक्कै दक्खल राख्ने लामाले चित्रकला के हो ? समाजलाई बुझाउन समय समयमा चित्रकला प्रदर्शनी समेत गर्दै […]
पूरा पढ्नुहोस्
मेचीनगर– २ मा बैशाख २८ देखि दोस्रो बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने
मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा यही बैशाख २८ गतेदेखि ३० गतेसम्म दोस्रो बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । दिपज्योती हेल्पिङ हेण्को आयोजनामा हुन लागेको कार्यक्रममा ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ भने मेचीनगर क्षेत्रमा रहेका १० वटा बिभिन्न विद्यालयहरुले समेत आफ्नो क्षमता प्रस्तुत गर्ने छन् । लागू […]
पूरा पढ्नुहोस्
सडक अवलोकन गर्दै मन्त्री दाहालले भने, ‘आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौं ’
मेचीनगर, । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट बक्तव्यमा एउटा निर्वाचन क्षेत्र, एउटा रणनीतिक सडकलाई निरन्तरता दिइने बताएका छन् । विहीबार धुलाबारीको राधास्वामीदेखि स्याङ्लेटार सम्मको अधुरो रहेको सडकको अवलोकन तथा निरीक्षण गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् । झापा–१ को निर्वाचन क्षेत्रको अधुरो रहेको राधास्वामीदेखि स्याङ्लेटार सम्मको बजेट अभाव भएपनि थोरै मात्रै […]
पूरा पढ्नुहोस्
यस्ताछन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् । सात बुदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो । त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए । […]
पूरा पढ्नुहोस्
सरकारसँग ९ बुँदे सहमति पछि शिक्षकहरुको आन्दोलन स्थगित
काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने । परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे । ऐन […]
पूरा पढ्नुहोस्
मेचीनगरका शिक्षकले घेरे मेचीनगरपालिका, भने–“अब दलको झोला बोक्दैनौं”
झापा, १६ वैशाख । आन्दोलनरत मेचीनगरका शिक्षकले आज नगरपालिका परिसरमा विरोध सभा गरेका छन् । सरकारले आफ्ना जायज मागलाई २८ औं दिन सम्म्पनि सम्बोधन नगरेपछि आक्रोशित बनेका शिक्षकहरुले अव उप्रान्त राजनीतिक दलको आवद्धता परित्याग गर्ने उद्घोष समेत गरेका छन् । शिक्षा ऐन जारी गर्नु पर्ने लगायतका माग राखी शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन जारी राखिरहेका बेला […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा
मेचीनगर, १५ बैशाख । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपमा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित […]
पूरा पढ्नुहोस्