मुख्य खबर

धुलाबारी महोत्सवमा दर्शकको भीड बढ्दै, आज साँझ शिव परियार आउने

धुलाबारी ।नेपाली सांगितिक क्षेत्रका चम्किलो गायक शिव परियार आज साँझ धुलाबारी महोत्सवमा आउने भएका छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १७ औँ दिन चर्चित गायक परियारले दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका हुन् । उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छन् […]

पूरा पढ्नुहोस्

पर्यटन प्रवर्द्धन गर्न १३ जनाको टोली मेची महाकाली साइकल यात्रामा

मेचीनगर । पर्यटन प्रवर्द्धन तथा स्वास्थ्य जीवनको लागि साइकल यात्रा भन्ने नाराका साथ आजबाट मेची महाकाली साइकल यात्रा सुरु भएको छ । साइकल यात्रामा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य सहित हेटौडाका ११ जना र बुटवलका २ जना सहभागि छन् । साइकल यात्राको लागि शुुक्रबार काँकरभिट्टा आइपुगेको टोलीलाई शनिवार विहान मेची पुलबाट खादा […]

पूरा पढ्नुहोस्

प्रेस क्लव मेचीनगरको आयोजनामा शुभकामना आदानप्रदान

मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बडा दशैं २०८० को अवसर पारेर प्रेस क्लबले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो । क्लबको कार्यालय इटाभट्टामा आयोजित कार्यक्रममा क्लबका पूर्व पदाधिकारी, अग्रज सञ्चारकर्मी, क्लबका सदस्यलगायतको उपस्थिति रहेको थियो । शुभकामना कार्यक्रममा अग्रज […]

पूरा पढ्नुहोस्

अन्तर विद्यालय नृत्य प्रतियोगितामा बालकल्याण मावि बन्यो प्रथम

धुलाबारी । मेचीनगर–९ स्थित कविशिरोमणि माविमा बुधबार मेचीनगर स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कविशिरोमणि मावि साँस्कृतिक समितिको आयोजना तथा कक्षा ९ का विद्यार्थीको व्यवस्थापनमा भएको नृत्य प्रतियोगितामा बालकल्याण मावि प्रथम भएको छ । यस्तै, दोस्रो बलभद्र मावि र काँकरभिट्टा मावि तेस्रो भएको साँस्कृतिक समितिका संयोजक शिक्षक आरबी गौतमले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

लागु औषध नियन्त्रण गर्न पूर्वी नाका काँकरभिट्टामा तालिम प्राप्त कुकुर परिचालन

झापा । चाडपर्वका बेला पूर्वी नाकाबाट बिष्फोटक पदार्थ तथा लागु औषध भित्रीन सक्ने भन्दै प्रहरीले सीमा नाका काँकरभिट्टमा विशेष तालिम पाप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरेको छ । प्रहरीले सीमा नाकाको सुरक्षा तथा चेकजाँचलाई थप कडाई गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालय धरानबाट जर्मन सेफर्ड जातका दुईवटा कुकुर ल्याएको इलाका प्रहरी कार्यालयका इलाका प्रहरी […]

पूरा पढ्नुहोस्

परिवर्तन थिएटरले ‘म्लेच्छ’ नाटक असोज २५ गतेदेखि प्रदर्शन गर्ने

काँकरभिट्टा, २३ असोज । परिवर्तन थिएटरले आदिवासी समुदायको कथा समेटेर तयार पारेको नाटक ‘म्लेच्छ’ यही असोज २५देखि प्रदर्शन गर्ने भएको छ । थिएटरले आज मेची सामुदायिक भवन काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर नाटक प्रदर्शन गर्ने जानकारी दिएको हो । नाटकका माध्यमबाट समाजमा सचेतना जगाउँदै आएको परिवर्त थिएटरले असोज २५ गते बिहिबारदेखि कात्तिक ३ गतेसम्म हरेक […]

पूरा पढ्नुहोस्

मेचीनगरका कर्मचारी आन्दोलित

मेचीनगर । प्रहरी दमनको विरूद्ध मेचीनगरका कर्मचारी आन्दोलित भएका छन् । सोमबार काठमाडौंमा सरकारले प्रहरी प्रशासन लगाएर आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि दमन गरेपछि त्यस कार्य प्रति नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरले विरोध जनाएको छ । कर्मचारी कुटपिट अन्त्य गर, कर्मचारी माथिको दमन बन्द गर , भन्दै मंगलबार नगरपालिकाको मुख्य प्रवेशद्वारमा एक विरोध कार्यक्रमको […]

पूरा पढ्नुहोस्

मेची कृषकको २४ औं वार्षिक साधारण सभा अन्तर्रगत क्षेत्र ३ कोे साधारण सभा सम्पन्न

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा अन्तर्रगत आज क्षेत्र ३को  साधारण सभा सम्पन्न भएको छ । मेचीनगर ७ स्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित साधारण सभाको उद्घान मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणि ओलीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ओलीले सहकारी संस्थाहरुले सदस्यको जीवन स्तर उकास्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने बताए […]

पूरा पढ्नुहोस्

उपभोक्ता जागरण अभियानले बुझायो मेचीनगरमा ध्यानाकर्षण पत्र

मेचीनगर । उपभोक्ता जागरण अभियान मेचीनगरले सोमबार तीन सुत्रीय माग राख्दै मेचीनगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । सार्वजनिक स्थलको एक सय मिटर भित्रको कुनैपनि स्थानबाट सुर्तिजन्य पदार्थ बिक्री वितरणमा अविलम्ब रोक लगाउनु पर्ने, विद्यालयमा वितरण गरिने खाजाको गुणस्तर तथा सुत्तीजन्य तथा लागुपदार्थको कुलतबाट विद्यार्थीलाई जोगाउन अभियान सञ्चालन गर्नुपर्ने लगायतका माग राखेर उपभोत्ता जागरण अभियानले ज्ञापान […]

पूरा पढ्नुहोस्

साहारा नेपाल धुलाबारी सेवाकेन्द्रले दियो १५२ जनालाई सामाजिक सुरक्षा भत्ता

मेचीनगर  । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७ औँ एकाई साधारण सभाको अवसरमा सदस्यहरुलाई वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । धुलाबारी स्थित अतिथि सदनमा आयोजित साधारण सभामा संस्थाले आफ्ना १५२ जना सदस्यहरुलाई कुल एघार लाख ८७ हजार सामाजिक सुरक्षा भत्ता बापतको रमक वितरण गरेको हो । सदस्य पोषण भत्ताबाट […]

पूरा पढ्नुहोस्