मुख्य खबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे […]

पूरा पढ्नुहोस्

इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटः सरस्वतीलाई हराउँदै थन्डर सेमिफाइनलमा

मेचीनगर २४ फागुन  । झापाको मेचीनगर– ४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले सर्वाधिक १८ रन बनाए । उनले […]

पूरा पढ्नुहोस्

पाँचौ मेचीनगर गोल्डकप : कालिम्पोङलाई हराउँदै आयोजक सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगरमा शनिबारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपको उद्घाटन खेलमा पाहुना टोलि कालिम्पोङमाथि सहज जित निकाल्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ । काँकरभिट्टा खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा पाहुना […]

पूरा पढ्नुहोस्

बलभद्र मा.विको ६५ ओैँ वार्षिकोत्सब सम्पन्न, साहित्यकार, शिक्षासेवी र विद्यार्थी सम्मानित

मेचीनगर । यस वर्षको ‘जरा बर्ष पुरस्कार २०८१ ’कवि गायक तथा संगीतकार चन्द्र भण्डारी सहित दुई जनालाई प्रदान गरिएको छ । बिहीबार मेचीनगर –११ स्थित बलभद्र जनता माध्यमिक विद्यालयको ६५ ओैँ वार्षिकोत्सबका अवसरमा वरिष्ठ सञ्चारकर्मी भण्डारी र भारत पश्चिम बंगाल शिलीगुडी निवासी वरिष्ठ साहित्यकार डाक्टर भिक्की प्रसाद‘ विरेन्द्र’लाई प्रदान गरिएको हो । समाजमा लुकेर रहेका, […]

पूरा पढ्नुहोस्

७५ बर्षीय नीरकुमारीलाई नागरिकताले दिलायो खुशी

।। अम्बिका भण्डारी ।। झापा । पचहत्तर बर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका वडा नं. २ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् । “नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन,” हालै पाएको नागरिकता देखाउँदै उनले भने–“बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त […]

पूरा पढ्नुहोस्

देवर्षि आश्रममा आयोजित पुराणमा भक्तजनको भीड बढ्दै

मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान  महायज्ञमा भक्तजनको भीड बढ्न थालेको छ । आयोजक समितिले पुराण सफलपार्न २९ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट आश्रम परिसरमा निर्माणाधिन मन्दिरको […]

पूरा पढ्नुहोस्

मेचीनगरको मुहार फेर्न राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा एक ढिक्का हुनुपर्छ : महामन्त्री शर्मा

मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकास शर्माले जलवायु परिवर्तनकोे कारण खानेपानी तथा जैविक विविधतामा ठूलो असर पर्दै गएको बताएका छन् । शनिबार धुलाबारी खानेपानीको २४ औैं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद शर्माले सो कुरा बताएका हुन् । जलवायु परिवर्तनकै कारण ४७ वटा हिमताल जोखिममा रहेको र ती […]

पूरा पढ्नुहोस्

दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्शको पोल्टामा

नकलबन्दा । झापाको मेचीनगर –५ स्थित नकलबन्दामा जारी दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लबले जितेको छ । आदर्शले धुलाबारी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो । उपाधि जितेसँगै आदर्श युवा क्लबले नगद ५० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता बनेसँगै धुलाबारीले नगद ३० हजार, ट्रफी तथा […]

पूरा पढ्नुहोस्

भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सको पोल्टामा

भद्रपुर, १६ फागुन । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित […]

पूरा पढ्नुहोस्

झापामा भूकम्पको धक्का महसुस

झापा । झापा लगायत देशभर भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ । रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका […]

पूरा पढ्नुहोस्