मुख्य खबर
बदलिएको कांग्रेसले सुशासन र समृद्धि ल्याउँछ : उम्मेद्वार पाण्डे
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका मतदाताले आइतबार आफनो क्षेत्र विकासको दृष्टिले पछाडि परेको गुनासो पोखे । सो क्षेत्रका मतदाताहरुसँग भेटघाटकोलागि पुगेका प्रतिनिधि सभाका उम्मेद्वार केशवराज पाण्डेलाई उनीहरुले एउटै स्वरमा भने, ‘हाम्रो तीन वटा माग छ । भरपर्दाे सिँचाईको प्रवन्ध, रोजगारी र सडक निर्माण हाम्रो माग हो, इमान्दार र विकासप्रेमी उम्मेद्वारलाई हाम्रो समर्थन […]
पूरा पढ्नुहोस्
देशमा सुशासन र समृद्धिकोलागि कांग्रेसको विकल्प छैन : उम्मेदवार पाण्डे
मेचीनगर । नेपाली कांग्रेसका तर्फबाट झापा १ का उम्मेद्वार केशवराज पाण्डेले देशमा सुशासन र समृद्धिकोलागि कांग्रेसको विकल्प नभएको बताएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा मतदाताको घर दैलो पुगेका पाण्डेले मतदातताहरुको गुनासोलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । ‘कांग्रेस इतिहास बोकेको पुरानो र अभिभावक पार्टी हो । देशमा आइपरेका हरेक संकटमा कांग्रेसले […]
पूरा पढ्नुहोस्
झापा ११ झापा गोल्डकपको क्वार्टर फाइनलमा
बिर्तामोड, २४ माघ । आयोजकको टिम झापा–११ फुटबल क्लब एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आयोजित खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए । […]
पूरा पढ्नुहोस्
मेचीनगर २ का मतदातासँग समस्या र गुनासो सुन्दै प्रतिनिधि सभाका उम्मेदवार केशवराज पाण्डे
मेचीनगर । मेचीनगर– २ का जनताले सोमबार प्रतिनिधि सभा उम्मेद्वार केशवराज पाण्डेलाई आफ्नो क्षेत्रका समस्याको पोको खोले, जनताका समस्या बुझ्न पुगेका पाण्डेलाई स्थानीयले सडक सञ्जालदेखि सिँचाई र हात्ती प्रमुख समस्याको रुपमा रहेको भन्दै त्यसको समाधानकोलागि आग्रह गरे । बाक्लो संख्यामा भेला भएका मेचीनगर २ स्थित नारायणगञ्जका मतदाताहरुले आफ्नो क्षेत्रको समस्या बुझ्ने र समस्या समाधानमा पहल […]
पूरा पढ्नुहोस्
कांग्रेसले नीति सहित नेतृत्व परिवर्तन गर्याे, अब देश बदल्ने अभियानमा छ : उपसभापति शर्मा
मेचीनगर । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले जेनजी भावना अनुसार कांग्रेस रुपान्तरित भएको बताउँदै देशको समृद्धि र विकासकोलागि आगामी चुनामा कांग्रेसले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । मेचीनगरको धुलाबारीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘युवाहरुको भावनालाई बुझेर कांग्रेस रुपान्तरित भएको छ । कांग्रेसले नेतृत्व मात्र होइन नीति […]
पूरा पढ्नुहोस्
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा जनमत जुटाउन नेपाली कांग्रेसले चुनावी रणनीतिलाई कसिलो बनाउँदै लगेको छ । नेपाली कांग्रेसले प्रचार प्रसालाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले संगठनलाई निर्वाचनमा प्रभावकारी नतिजा […]
पूरा पढ्नुहोस्
कनकाई खबर साप्ताहिकका सम्पादक रामप्रसाद निरौला सम्मानित
कनकाई । कनकाई खवर साप्ताहिकका सम्पादक रामप्रसाद निरौला सम्मानित भएका छन् । झापा कनकाई सुरूङ्गालाई कार्यथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार निरौला चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोषको मार्फत वर्ष उत्कृष्ट पत्रकारको रुपमा सम्मानित भएका हुन् । श्रीभवानी हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्था कनकाई ६ दुर्गापुर झापाको नवौं बार्षिक साधारण सभामा सो सम्मान प्रदान […]
पूरा पढ्नुहोस्
कांग्रेसले सुदुर पूर्वबाट विजयको विगुल फुक्छ : उम्मेदवार पाण्डे
मेचीनगर,१३ माघ । झापा – १ का प्रतिनिधि सभा उम्मेदवार केशवराज पाण्डेले नेपाली कांग्रेस जेन–जी भावना अनुसार रुपान्तरित भएकोले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आम मतदाताहरुले अमूल्य मत दिएर सुदुरपूर्वबाट नेपाली कांग्रेसले विजयीको विगुल फुक्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । नेपाली कांग्रेसले मंगलबार मेचीनगर ५ मा आयोजना गरेको चुनाव प्रचार […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभामा कोशीबाट मेचे र पोर्तेल निर्वाचित
झापा,। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ । अन्यतर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए । मेचे एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् । एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले सुरु गर्याे चुनावी केन्द्रित कार्यक्रम, संगठनकै बलामा हामी चुनाव जित्छौं: काँग्रेस उम्मेद्वार पाण्डे
मेचीनगर १० । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले शनिवारबाट चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । कांग्रेसले शनिवार मेचीनगर वडानम्बर ७, ८ र ११ नम्बर वडामा प्रचार कार्यालय स्थापना गरेर सशक्त ढंगबाट निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गरेको छ । इटाभट्टामा रहेको वडा प्रचार कार्यालयको उदघाट्न गर्दै काँग्रेसका तर्फबाट झापा १ का उम्मेद्वार केशवराज […]
पूरा पढ्नुहोस्