मुख्य खबर

झापा क्षेत्र नं. १ मा दुई खानेपानीलाई करीब ३२ करोड बजेट

मेचीनगर, २ चैत । काँकरभिट्टा खानेपानी आयोजना र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजना विस्तारका लागि ३२ करोड रुपैयाँ बजेट आउने निश्चित भएको छ । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको सचिवालयले उक्त जानकारी दिएको हो । सचिवालयले आज जारी गरेको प्रेस नोटका अनुसार टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजनाका […]

पूरा पढ्नुहोस्

मेचीनगरपालिकाको चौथो अधिवेशन सुरु, नगरको शंशोधित बजेट रु १ अर्व ३३ करोड ८३ लाखबढी

मेचीनगर, ३० फागुन । मेचीनगर नगरपालिका नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन आजबाट सुरू भएको छ । बुधवार नगरपालिकाको सभाहलमा मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन कार्यक्रमको अध्यक्षता मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । २०८० साल असार १० गते यस मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि शंशोधित १ अर्ब ३३ […]

पूरा पढ्नुहोस्

यातायात क्षेत्रलाई ब्यवस्थित गर्न पूर्वबाट अभियान सुरु

काँकरभिट्टा । अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको यातायात क्षेत्रलाई ब्यवस्थित एवम् मर्यादित बनाउन गठित मेची संयुक्त यातायात ब्यवस्थापन समितिले बुधबार काँकरभिट्टबाट संयुक्त यातायात ब्यवस्थापन शुभारम्भ गरेको छ । यातायात क्षेत्रमा देखिएका समस्या, बिकृतीलाई रोक्दै अनुशासित, मर्यादित र व्यवस्थित ढंगले संचालन ४ वटा कम्पनीले चैत १ गतेदेखि अभियान सुरु गर्ने भएको हो । मेची यातायात संघको […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया सुरु

मेचीनगर । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया (२०८०’ सुरु भएको छ । काँकरभिट्टा माबिको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन प्रदेश सांसद गोपाल तामाङले गरेका थिए । कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो । लामो समयदेखि खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, कराँतेमा अर्जुन लम्साल […]

पूरा पढ्नुहोस्

झापा गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टामा

बिर्तामोड। छैटौं झापा गोल्ड कपको उपाधि चर्च ब्वाइजले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्यो । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानी उपभोक्ता समितिको २३ औँ बार्षिक साधारण सम्पन्न

मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिको २३ औँ बार्षिक साधारण सभा सोमबार धुलाबारीको टाउनहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद बिश्वप्रकाश शर्मा रहेका थिए । उनले शुद्ध खानेपानी व्यवस्थापनका लागि दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । त्यसका लागि म वा […]

पूरा पढ्नुहोस्

झापा गोल्ड कप : झापा ११ एफसीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश

बिर्तामोड, २६ फागुन । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा […]

पूरा पढ्नुहोस्

एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश

बिर्तामोड,२५ फागुन । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १ – ० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट […]

पूरा पढ्नुहोस्

प्रेस क्लव मेचीनगरको आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया

झापा । प्रेस क्लब मेचीनगरको आयोेजनामा पुस्तक चर्चा सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । क्लबको कार्यालय इटाभट्टामा शुक्रबार आयोजित ‘आमसञ्चार र समावेशी पत्रकारिता’ विषयक अन्तरक्रियाका वक्ताले समावेशिता सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरे । अन्तरक्रियामा समीक्षकहरुले नेपालमा समावेशिता र सोको कार्यान्वय सम्बनधमा समस्या औंल्याए । समावेशीता र त्यसमा प्रतिनिधित्व गर्ने बिषयमा समस्या आएको पत्रकार तारामणि […]

पूरा पढ्नुहोस्

छैटौं झापा गोल्डकप: आर्मी सेमिफाइनलमा प्रवेश

  झापा ।  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापाको विर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा शुनिश्चित गरेको हो । चारपटकको उपाधि बिजेता त्रिभवन आर्मी क्लब […]

पूरा पढ्नुहोस्