मुख्य खबर

काँकरभिट्टा खानेपानीको ३० औं साधारणसभामा ज्येष्ठ नागरिक र कर्मचारी सम्मानित

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको ३० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । खानेपानीको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले साधारण सभालाई सम्बोधन गर्दै सरकारले खानेपानी संस्थाबाट लिने २५ प्रतिशत शुल्कको विरोध जनाए । उनले सरकारले ल्याएको उक्त निर्णय […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभा निर्वाचन: झापामा १७ प्रतिशत महिला उम्मेद्वार, दलहरुले अझै महिलालाई प्राथमिकतामा नराखेको महिला अधिकारकर्मीको गुनासो

झापा, ६ माघ । संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरे पनि व्यवहारत त्यो कार्यान्वयन हुन सकिरहेको छैन । यस पटकको प्रतिनिधि सभा निर्वाचनले समेत त्यो पुष्टि गरेको छ । झापा जिल्लाको पाँचवटा निर्वाचन क्षेत्रमा मंगलबार ९० जना उम्मेदवारहरुले उम्मेदवारी मनोनय दर्ता गराउँदै गर्दा दुई स्वतन्त्र सहित १५ जना महिलाले मात्र चुनावी […]

पूरा पढ्नुहोस्

यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि हुने

झापा ७ माघ । यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण परीक्षा पछि सारिएको र चैत १९ गतेदेखि सञ्चालन गरिने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

पूरा पढ्नुहोस्

झापामा २१ वटा दलका ८१ जनाले गराए उम्मेदवारी दर्ता, को कहाँबाट लड्दैछन् चुनाव ?

मेचीनगर। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । झापामा विभिन्न २१ वटा राजनीतिक दल र स्वतन्त्र गरी ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता […]

पूरा पढ्नुहोस्

झापा–१ मा १५ जना उम्मेद्वारले गरे मनोनयन दर्ता

मेचीनगर, ६ माघ । प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर १ मा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार दुई जना स्वतन्त्र र १३ जना राजनीतिक दलका उम्मेदवारसहित १५ जनाले मनोनयन पत्र दर्ता गरेका हुन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार नेपाली काँग्रेसका तर्फबाट केशबराज पाण्डे, नेकपा एमालेका तर्फबाट […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगले दियो मान्यता

काठमाडौं, । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको […]

पूरा पढ्नुहोस्

तराई प्रेस क्लब दार्जिलिङले जित्यो मिडिया कपको उपाधि

काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराइ प्रेस क्लब दार्जिलिङले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मिरिक दार्जिलिङले उपाधि जितेको हो । तराईले उपाधिसँगै नगद ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता बनेको भद्रपुरले नगद २५ […]

पूरा पढ्नुहोस्

एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

कनकाई , २७ पुस । झापाको कनकाई नगरपालिकाले एकता र सुशासनको आह्वान सहित ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । नगरपालिकाको प्रवेशद्वारमा स्थापित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक परिसरमा झण्डोतोलनका साथ नगरप्रहरीद्वारा सलामी अर्पण गर्दै राष्ट्रिय एकता दिवस मनाइएको हो । नगर प्रवेशद्वारमा चार वर्षअघि स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक परिसरमा सम्पन्न […]

पूरा पढ्नुहोस्

इन्डो – नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को सम्पूर्ण तयारी पुरा

मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा खेल मैदानमा हुन गइरहेको इन्डो– नेपाल मेचीनगर मिडिया फुटबल कप(२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि खेल मैदान, सहभागी टीम, खेलको लाइभ प्रशारण तथा […]

पूरा पढ्नुहोस्

क्षेत्रीय सभापति बुढाथोकीको अपिल : विशेष महाधिवेशनमा सहभागि बनौं

मेचीनगर । नेपाली काँग्रेस झापा क्षेत्र नं.१ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले पुष २७ र २८ गते काठमाण्डौमा हुन लागिरहेको विशेष महाधिवेशनमा सहभागिता जनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गर्नु भएको छ । बुढाथोकीले बिहीबार  एक विज्ञप्ती जारी गर्दै क्षेत्रका सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित काँग्रेसका शुभेच्छुक र शुभचिन्तकहरुलाई समेत पनि विशेष महाधिवेशनमा सहभागि हुन अपिल गर्नु भएको […]

पूरा पढ्नुहोस्